Prakash Adhikari February 3, 2022

 

काठमाडौं, २० माघ । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनी माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले वितरण गर्ने उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २८ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।

Share Now

Leave a comment.