Prakash Adhikari February 6, 2022

 

काठमाडौं, २३ माघ । माघे झरी रोकिएर आजदेखि मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार आज प्रदेश १ र बागमतीमा आंशिक बदली भएपनि बाँकी भागमा मौसम सफल रहने पूर्वानुमान छ ।
काठमाडौं उपत्यका पनि आंशिक बदली हुने छ ।
आज बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ।

जल तथा मौसम विभागले जनाए अनुसार शनिबार रातिदेखि मौसम सुधार हुँदै गएको हो।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार मंगलबारसम्मको मौसम अनुमान यस्तो छ :

 


 नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/१०/२३ गते बिहान ६:०० बजे

 

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 

२०७८ माघ  गते  (आइतबार)

दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

राती प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

२०७८ माघ  गते  (सोमबार)

दिउँसो प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राती प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ  गते  (मंगलबार)

दिउँसो प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राती प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका तराई भू-भागमा हुसु/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोलाः

 

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (TIA), गौचर, काठमाडौ

फोनः ०१-४४८६८६९, ०१-४११३१९१

नोटिस बोर्डः १६१८-०७०७-३३३३

Facebook: www.facebook.com/dhmweather

Twitter: www.twitter.com/dhm_weather


 

Share Now

Leave a comment.