काठमाडौं, २३ माघ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गर्नुहुने भएको छ ।
छलफल प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजेका लागि तय गरिएको छ ।
तीन नेताबीचको भेटमा स्थानीय तहको निर्वाचन,अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)संसदबाट पारित गर्ने र संसदको अवरुद्ध हिउँदे अधिवेशन सञ्चालन गर्ने विषयमा छलफल हुने बताइएको छ ।


















