Prakash Adhikari March 11, 2018

 

सिउल(दक्षिण कोरिया), २६ फागुन । गत शुक्रबार देखि कोरियामा बूकिन खुल्ला गरेको सामसुङ ग्यालेक्सी एस नाइन को शुभारम्भ बिक्री अनुमान गरेभन्दा कम भएको छ ।

तीन वटा मोबाइल बिक्रेता कम्पनी एस के टेलिकम ,केटी तथा तथा एलजी यु प्लस मार्फत बजारमा बिक्री खुल्ला गरिएको थियो । कम्पनीले पहिलो दिन शुक्रवार १ लाख ८० हजार युनिट बिक्री भएको जनाएको छ ।

यस भन्दा पहिला बजारमा ल्याइएको सामसुड.को ग्यालेक्सी एस एट बिक्री शुभाराम्भको दिन नै २ लाख ६० हजार युनिट पुगेको थियो । एस नाइनको सिरिजको बिक्री पहिलाको भन्दा ३० प्रतिशत कम हो ।

अन्तराष्ट्र्यि बजारमा बिक्री खुल्ला भएको पहिलो दिनको बुकिंगलार्इ महत्वका साथ हेर्ने गरिन्छ ।

नयाँ संस्करणको एस नाइन यसभन्दा पहिलाको एस एट भन्दा निकै परिमार्जित छ  ।

यसको पछिल्लो क्यामेरा स्वचालित रुपमा १।५ र २।४ को फोकस लिन सक्दछन र चाहेजस्तो इमेजमा प्रयोगकर्ताले सेल्फी लिन पाउने छन् ।

Share Now

Leave a comment.