काठमाडौं, २० फागुन । विश्वकप क्रिकेट लिग २ क्रिकेट छनोटका लागि १६ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको छ।
लिग २ अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो।
सन्दीप लामिछानेको कप्तानी रहने टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहिकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भीम सार्की छन्।
त्यस्तै ६ जना अफिसियलको पनि टुंगो लागेको छ। अफिसियलमा कैलाश विष्ट म्यानेजर, पुबुदु दशानायाके मुख्य प्रशिक्षक, प्रकाश शर्मा सहायक प्रशिक्षक, बिक्रम न्यौपाने फिजियो, रमण शिवाकोटी एनालिस्ट र राज शर्मा ट्रेनरमा छन्।
Each one of you is a champion. We control the controllables, learn from our beating and stand up again to give every ounce of our being for Nepal. We are one team. And together we can achieve anything. Together we will rise ❤️ #JaiNepal pic.twitter.com/qT6eXJOQlP
— Sandeep Lamichhane (@Sandeep25) March 4, 2022
युएई जानुअघि नेपाली टिमले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन्। श्रीलंकामा नेपाली टिमले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्।
नेपाली टिम भोलि श्रीलंका जाने छ। श्रीलंकाबाटै नेपाली टिम मार्च १४ मा युएई प्रस्थान गर्नेछ।
The Following 16 players and 6 support staffs will be leaving for Sri Lanka on 5th March to play 4 practice matches against 1st class teams from Sri Lanka. The team will depart from Sri Lanka on 14th March to take part in the ICC Cricket World Cup League-2, UAE.
Final Squad:
+— CAN (@CricketNep) March 3, 2022
16. Bhim Sharki
Team officials:
1. Kailash Bista (Manager)
2. Pubudu Bathiya Dassanayake (Head Coach)
3. Prakash Sharma (Assistant Coach)
4. Vikram Nyaupane (Physio)
5. Raman Shiwakoti (Analyst)
6. Raj Sharma (Trainer)— CAN (@CricketNep) March 3, 2022
March 10: Nepal vs Srilanka Police
March 11: Nepal vs Combined XI of 1st Class Players— CAN (@CricketNep) March 3, 2022
नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ। सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्ने छ।
दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ। नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ मा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। लिग २ अन्तर्गत ७ टिम सहभागी छन् ।
ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ। १२ खेल खेलेको स्कटल्यान्ड १६ अंक, १६ खेल खेलेको अमेरिका १४, १० खेल खेलेको युएई १२ तथा ९ खेल खेलेको नामिविया १० दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन्।
नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ।


















