Prakash Adhikari March 10, 2022

संखुवासभा, २६ फागुन । संखुवासभाको मादीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

मादी नगरपालिका–६ स्थित सात घुम्तीमा बिहीबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकी मादी नगरपालिका ५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या १५ पुगेको प्रहरीले जनाएको छ।

यसअघि घटनास्थलमै १४ जनाको ज्यान गएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिनुभयो।

दुर्घटनामा घाइते भएकामध्ये पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। ४ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको हो।

मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपका अनुसार शुरूमा बस पल्टिएपछि भीरमा बजारिएको थियो। बजारिएकै ठाउँमा ९ जनाको मृत्यु भएको पाइएको उहाँले जानकारी दिनुभये। त्यसपछि बस पल्टिएर भीरमुनि पुग्दा अन्यको मृत्यु भएको हो।

मृतकहरू

  • ३५ वर्षिय विपिन निरौला (सवारी धनी तथा चालक) औँशीडाँडा, तेह्रथुम
  • ३५ वर्षिय उमेश भट्टराई (सहचालक) मादी–६, संखुवासभा
  • ४५ वर्षिय दीपक दाहाल- मादी ५, संखुवासभा
  • ५२ वर्षिय श्याम शेर्पा- मादी ५, संखुवासभा
  • ५५ वर्षिय भवानी दाहाल- मादी ५, संखुवासभा
  • ३८ वर्षीय इन्द्रबहादुर अधिकारी- मादी ६, संखुवासभा
  • ५ वर्षिया दिक्षा कटवाल- मादी ६, संखुवासभा
  • ३२ वर्षिया अन्जना कटवाल, मादी ६ संखुवासभा
  • ३८ वर्षीय आइतबहादुर तामाङ- मादी ४, संखुवासभा
  • ३५ वर्षिया सबिता राउत कार्की- मादी ४, संखुवासभा
  • ३० वर्षिया सीता विक- मादी ६, संखुवासभा
  • ६० वर्षिय बलबहादुर कार्की-मादी ४, संखुवासभा
  • ३१ वर्षीया समिक्षा योन्जन- ताप्लेजुङ
  • ८ वर्षिय सुदीप घिसिङ- ताप्लेजुङ
  • ३० वर्षिया युका पोखरेल- मादी ५, संखुवासभा

घाइतेहरू

  • ३० वर्षिय सुबास गोले – मादी ५ , संखुवासभा
  • २२ वर्षिय तुलसा कट्वाल- मादी ६, संखुवासभा
  • अम्बिका बिक-मादी ६, संखुवासभा, संखुवासभा
  • ५० वर्षिय डम्बरबहादुर कार्की- मादी ६, संखुवासभा

 

Share Now

Leave a comment.