Prakash Adhikari March 10, 2022

 

आन्ताल्या(टर्की), २६ फागुन (बीबीसी) ।रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको प्रथम चरणको वार्ता युद्धविरामबारे सहमति गर्न विफल भएको युक्रेनले बताएको छ।

उक्त भेटपछि बोल्दै युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी विदेशमन्त्रीले युक्रेनसँग गरेको माग आत्मसमर्पणसरह भएको बताउनुभयाो।

लाभ्रोभले रुसको सैन्य कारबाही योजानाअनुरूप नै चलिरहेको दाबी गनुभृयो।

युक्रेनलाई हतियार दिएर पश्चिमा राष्ट्रहरूले खतरनाक व्यवहार देखाएको उहाँले बताउनुभयो।

युक्रेनयुक्रेनयुक्रेनयुक्रेनयुक्रेनयुक्रेनयुक्रेन

कसले के भने?

कुलेबाले युक्रेनी भूमिमा मानवीय सहायताका मुद्दामा समाधान खोज्ने प्रयास जारी राख्न दुई पक्ष सहमत भएको बताउनुभयो।

उहाँले ‘तात्विक छलफल र समाधान खोज्ने परिदृश्यमा त्यसो भएमा’ आफू पुनः भेट्न तयार रहेको बताउनुभएको छ।

‘म युद्ध अन्त्यका लागि, युक्रेनी नागरिकको पीडा अन्त्य गर्नका लागि र हाम्रो भूभागलाई हस्तक्षेपकारी रुसी फौजबाट मुक्त पार्न यस्तो संलग्नता जारी राख्न चाहन्छु।’

युक्रेनयुक्रेनयुक्रेनयुक्रेन

लाभ्रोभले ‘मानवीय विषयबारे टर्कीका मित्रहरूले लिएको अग्रसरता’बारे छलफल भएको बताउनुभयो।

उहाँले सर्वसाधारणहरूलाई बन्धक बनाइएको रुसी दाबी दोहोर्‍याउँदै ‘तथाकथित स्थल प्रतिरक्षा फौज’ ले त्यसो गरेको बताउनुभयो।

कुलेबाले दुईवटा कार्यलाई प्राथमिकता दिनुपर्छ – मारिओपोलबाट मानिसहरूलाई अन्यत्र जान दिने निकाासमार्ग र २४ घण्टे युद्धविराम।

लाभ्रोभले क्रेम्लिनका निर्णयकर्तासम्म त्यो कुरा पुर्‍याउने अपेक्षा व्यक्त गर्नु भयो।

रुससँग इच्छा नभए युद्ध रोक्न नसकिने उहाँको भनाइ थियो।

लाभ्रोभले रुसको सुरक्षा चासोप्रति कसैले वास्ता नगरेको भन्दै अमेरिकाले युक्रेनी भूमिलाई जैविक अस्त्र विकास गर्न प्रयोग गरेको आरोप लगाउनुभयो।

युक्रेनस्थित एउटा अस्पतालमा गरिएको रुसी आक्रमणबारे भइरहेको निन्दाबारे प्रतिक्रिया दिँदै उनले विश्वभरि सार्वजनिक मतलाई प्रभावित पारिएको दाबी गनुभयो।

उहाँले रुसविरुद्ध लगाइएका प्रतिबन्ध खेप्ने बताउँदै आफ्नो देशल यो सङ्कटबाट मुक्त हुने दाबी गर्नुभयो।

रुस-युक्रेन वार्ताबाट न्यून अपेक्षा

बीबीसीका मध्यपूर्व सम्वाददाता टम बेटम्यानले युक्रेन र रुसबीचको तेस्रो चरणको वार्ताबाट पनि ठलो आशा राख्न नसकिने बताउनुभएको छ ।

युद्धमा रहेका दुई देशका विदेशमन्त्रीहरू छुट्टाछुट्टै टर्की पुग्नुभो ।

युक्रेनी विदेशमन्त्री दिमेत्रो कुलेबालाई उनका टर्किस समकक्षीले स्वागत गरेपछि रुसका सर्गेई लाभ्रोभ आइपुग्नुभयो।

यी वार्तामा व्यापक रुचि छ।

पत्रकार सम्मेलनस्थल आन्ताल्यामा अन्तर्राष्ट्रिय पत्रकारहरू भरिभराउ छन्।

वार्ताहरू बन्द कोठाभित्र भएको थियो र दुवै प्रतिनिधिमण्डलले त्यो सकिएपछि पत्रकार सम्मेलन गर्नुभयो।

तर वार्ताबाट अपेक्षाहरू निकै कम छन्।

कुलेबाले समेत त्यसै ठान्नुभएको छ। उहाँले सफलता लाभ्रोभले मस्कोबाट पाउने ‘निर्देशनमा’ निर्भर रहने बताउनुभयो।

क्रेमलिनले केही दिनअघि प्रस्तुत गरेका सङ्केतबारे निकै अनुमान भए जसलाई कसैले रुसी अडानको सम्भावित लचिलोपनका रूपमा व्याख्या गरेका छन्।

यद्यपि त्यो फगत आशा हुनसक्छ।

रुसी र युक्रेनी विदेशमन्त्रीबीच टर्की भेट

रुसी र युक्रेनी विदेशमन्त्रीबीच युक्रेनमा रुसी हमला सुरु भएपछिको पहिलो भेटवार्ता सुरु भएको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबा आन्ताल्या, टर्कीमा हुनुहुन्छ।

टर्कीका विदेशमन्त्री मेभलुत चाभुशलु समेत उनीहरूबीचको बैठकमा सहभागी हुनुहुन्थयो।

किएभनजिक युक्रेनी सेनाको प्रत्याक्रमण

विदेशमन्त्रीहरु टर्कीमा वार्तारत रहेको दिन पनि रुसी सेनाले युक्रेनमा आक्रमण जारी राख्यो र युक्रेनी सेनाले रुसी फौजविरुद्ध राजधानी किएभमा प्रत्याक्रमण सुरु गरेको आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै युक्रेनको सरकारी प्रसारकले जनाएको छ।

“रातिको समय त निकै कठिन थियो, तर हामी केसम्म भन्न सक्छौँ भने युक्रेनी सेनाले किएभनजिक प्रत्याक्रमण सुरु गरेको छ”, भेदिम डेनिसेन्कोलाई उद्धृत गर्दै भनिएको छ, “हामीले पाँचवटा ट्याङ्क राख्यौँ। किएभको पश्चिमतर्फको बाहिरी भेगमा बिहान गोलाबारी भएको सुनिएको थियो। अहिले लडाइँ भइरहेको छ।”

छ स्थानमा निकासमार्ग बनाइँदैः जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजको हमलाबाट जोगाउन मानव निकासका लागि विभिन्न छवटा स्थानमा निकासमार्ग पहिल्याउने प्रयास भइरहेको बताउनुभएको छ।

एउटा भिडिओ सन्देशमा उहाँले सुमी, एनर्होडार र किएभ आसपासका क्षेत्रबाट बुधवार करिब ३५ हजार मानिस सुरक्षित स्थानतर्फ जान सकेको बताउनुभयो।

तर त्यो सङ्ख्या अपेक्षा गरेभन्दा निकै कम रहेको उहाँले उल्लेख गर्नुभयो।

बिहीवार थप तीनवटा मार्ग पहिल्याउने काम भइरहेको जेलेन्स्कीले जानकारी गराउनुभएको छ।
रक्तपात अन्त्य गर्न गुटेरसको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले युक्रेनको मारिओपोलस्थित एक बालक तथा प्रसूति अस्पतालमा भएको बम आक्रमणको निन्दा गर्दै त्यसलाई भयानकको सङ्ज्ञा दिनुभएको छ।

युद्धविराम गरिएको बेला रुसले उक्त अस्पतालमा बम आक्रमण गरेको आरोप युक्रेनले लगाएको छ।

ती आक्रमणमा परेर १७ जना घाइते भएका छन् भने बालबालिका र अरू मानिस भग्नावशेषमा पुरिएका छन्।

सुमी क्षेत्रमा आक्रमण

रुसका लडाकु विमानहरूले रातको समयमा सुमी क्षेत्रस्थित पूर्वोत्तर सहर ओचतीरख्अमा आक्रमण गरेको एक युक्रेनी उच्च अधिकारीले बताएका छन्।

युक्रेनमा बिहीवार बिहानको १२ः३० बजे आवासीय क्षेत्र अनि ग्यास पाइपलाइनमा हमला गरिएको बताइएको छ।

त्यसको १० मिनेटपश्चात् सुमी आसपासका क्षेत्र अनि नजिकैको एक गाउँमा पनि बम आक्रमण गरिएको बताइएको छ।

उक्त आक्रमणका तीन जनाको मृत्यु भएको बताइएको छ ।

चालीस हजार महिला र बालबालिकाको उद्धार

एक युक्रेनी वार्ताकारले बुधवार रुसले आक्रमण गरेको क्षेत्रबाट ४० हजारभन्दा बढी महिला र बालबालिकालाई सुरक्षित स्थलमा लगिएको बताएका छन्।

राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको पार्टीका एक सांसद डेभिड अर्खामियाले यो सङ्ख्या युक्रेनी अधिकारीहरूले आशा गरेको एक लाखभन्दा धेरै कम भएको बताए।

उनले नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन सबैभन्दा कठिन स्थलहरू किएभ, खार्किभ र मारिओपोल वरपरका द्वन्द्वग्रस्त क्षेत्रहरू भएको बताए।

तर सुरक्षित स्थलमा मानिसहरूलाई लाने प्रयास जारी रहने उनको भनाइ छ।

युक्रेनी अधिकारीहरूले रुसी सेनाले नागरिकहरूलाई बाहिर निकाल्न अनुमति दिन गरिएकोयुद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

रुसले पनि युक्रेनी सेनामाथि त्यस्तै गरेको आरोप लगाएको छ।

पछिल्लो अवस्थाबारे युक्रेनी शहर इर्पिनकी एक महिलाले भनिन्“मेरा बुवा अझै इर्पिनमा हुनुहुन्छ। सहरका सडकहरूमा शवहरू छरिएका छन्। तिनलाई कसैले उठाउन सकेका छैनन्। शवहरूलाई कुकुरले खाइरहेका छन्।”

रुसले युद्ध अपराध गर्‍यो : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम विष्फोट गराएर युद्ध अपराध गरेको आरोप लगाउनुभएको छ।

राजधानी किएभबाट भिडिओ सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो।

एकजना क्षेत्रीय गभर्नरले त्यहाँ कम्तिमा १७ जना घाइते भएको बताएका छन्। भिडियो फुटेजमा एउटा भवनका झ्यालहरू बाहिर उडेको र नजिकै ठूला खाडलहरू बनेको देखिएको छ। विश्व स्वास्थ्य संगठनले युक्रेनमा आक्रमण सुरु भएदेखि नै त्यहाँका स्वास्थ्य संस्थामा कम्तीमा १८ विभिन्न आक्रमणहरू भएको पुष्टि गरेको बताएको छ। मारिओपोलका मेयरले रुसले बमबारी सुरु गरेदेखि यस सहरमा १२ सयभन्दा बढी सर्वसाधारण मारिएको बताउनुभएको छ।

Share Now

Leave a comment.