Prakash Adhikari March 10, 2022

काठमाडौं, २६ फागुन। साताको अन्तिम कारोबार दिन शेयर बजार पुनः उकालो यात्रामा लागेको छ ।

यस दिन धितोपत्र बजारमा दोहोरो अंकले बढोत्तरी देखिएको छ। नेप्से परिसूचक ५२.२१ अंकले बढेर २५६६.७९ को बिन्दुमा पुगेको छ।
बिहिबार २ सय २६ कम्पनीका ५६ लाख १० हजार ६ सय ६३ कित्ता शेयरको खरिदबिक्रीबाट २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ७० रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा दर्ता भएर बर्गीकरणमा परेका १३ वटै उपसमूहको उपपरिसूचक बढेका छन् ।

बिहीबार सर्वाधिक वृद्धि वित्त उपसमूहमा देखिएको छ। उपसमूह ५.०६ प्रतिशत बढ्यो। विकास बैंक, जलविद्युत र लगानी उपसमूह पनि ४ प्रतिशत अधिक उकालो लागे। व्यापार, निर्जीवन बीमा, उत्पादन तथा प्रसोधन, लघुवित्त र जीवन बीमा समूहका उपपरिसूचक पनि २ प्रतिशतभन्दा बढीले बृद्धि भएका छन्। बिहीबार सबैभन्दा कम बढेको अन्य उपसमूह हो जसको उपपरिसूचक ०.०४ प्रतिशत मात्र बढ्यो ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,664.96 16.49 1
Trading 2,595.48 60.53 2.39
Hotels And Tourism 2,957.29 42.44 1.46
Development Bank 4,442.36 202.91 4.79
HydroPower 3,120.14 124.42 4.15
Finance 2,135.82 102.78 5.06
Non Life Insurance 11,397.73 248.1 2.23
Manu.& Pro. 6,140.93 127.2 2.12
Others 2,253.96 0.86 0.04
Microfinance 4,933.49 97.4 2.01
Life Insurance 13,291.38 372.79 2.89
Mutual Fund 15.42 0.22 1.46
Investment 84.69 3.41 4.2

आजको दिन सबैभन्दा बढी इमर्जिङ्ग नेपालका लगानीकर्ताले कमाए। कम्पनीको मूल्य प्रति कित्ता ९.९८ प्रतिशत उक्लिएको छ। कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर्स, प्रग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले पनि ८ प्रतिशत अधिक कमाएका छन्। यस्तै युनिभर्सल पावर,सप्तकोशी विकास बैंक र विजय लघुवित्तको शेयर मूल्य पनि झण्डै ८ प्रतिशतको हाराहारीमा बढ्न गएको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-03-10 15:00:00
ENL 341.50 9.98
KRBL 404.00 8.89
NHDL 515.00 8.65
PROFL 350.00 8.53
JBBL 410.00 8.47
CFCL 433.50 8.40
HPPL 459.00 8.28
UPCL 327.00 7.92
SAPDBL 329.00 7.87
VLBS 1,252.00 7.84
View All

बढेको बजारमा पनि यस दिन माउन्टेन इनर्जीको शेयर ३.०८ प्रतिशतले, नेपाल टेलिकमको २.०२ प्रतिशतले, बोटलर्स नेपालको शेयर १.८३ प्रतिशतले, आइसीएफसी र गुडविल डिबेञ्चर १.३६ प्रतिशतले, लक्ष्मी इक्विटी म्युचुअल फण्ड १.१७ प्रतिशतले, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ०.९३ प्रतिशतले, प्रभु इन्स्योरेन्सको ०.७५ प्रतिशतले, मञ्जुश्री डिबेञ्चर ०.५३ प्रतिशतले, एनआईसी एशिया बैंकको ०.२६ प्रतिशतले घटन गएको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-03-10 15:00:00
MEN 1,100.00 -3.08
NTC 1,646.00 -2.02
BNT 13,587.00 -1.83
ICFCD83 1,085.00 -1.36
GWFD83 1,085.00 -1.36
LEMF 10.14 -1.17
EICPO 445.60 -0.93
PRIN 769.00 -0.75
MFLD85 900.00 -0.53
NICA 758.00 -0.26
View All

कारोबार अंकको हिसाबले यस दिन अपि पावरको १६करोड ६५ लाखको, नेपाल दूरसञ्चारको १३ करोड १२ लाखको,एनआईसी एशिया बैंकको १२ करोड ४६लाखको, अरुण भ्याली हाइड्रोपावरको ११ करोड ८६ लाखको,हिमालयन डिष्टिलरीको ९ करोड १ लाखको, नेपाल लाईफ इन्स्योरेन्सको ८ करोड ६३ लाखको, नेपाल बैंक लिमिटडको ७ करोड ७४ लाखको, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ करो १३ लाखको, उपर तामाकोशीको ५ करोड ९२ लाखका, र शिभम् सिमेण्ट्सको ५ करोड ४७ लाख रुपैयाको कारोबार भएको थियो ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-03-10 15:00:00
API 166,529,966.60 513.00
NTC 131,256,223.50 1,646.00
NICA 124,611,575.70 758.00
AHPC 118,674,988.40 507.50
HDL 90,193,890.40 3,866.00
NLIC 86,316,805.60 1,210.60
NBL 77,482,366.70 345.50
NIFRA 61,309,345.20 336.00
UPPER 59,237,476.40 611.90
SHIVM 54,745,756.70 1,150.00
View All
Share Now

Leave a comment.