Prakash Adhikari March 11, 2022

काठमाडौं, २६ फागुन । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

तीमध्ये मन्त्रिपरिषद बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषद्का रजिस्ट्रार हुनुहुन्थ्यो ।

नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्ष रहेकोले उहाँको नियुक्ति सहज भएको हो ।

युक्रेन र रुसको युद्धले विश्व तेलबजारमा आपूर्ति संकट आउन लागेको बेला निगमको नेतृत्व सम्हाल्न लाग्नुभएका कार्यकारी निर्देशक थानीका सामु आपूर्ति सहज बनाएर घाटामा रहेको निगमलाई नाफामा लैजाने चुनौती रहेको छ ।

Share Now

Leave a comment.