काठमाडौं, २९ फागुन । नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले माधव नेपालसहित १४ सांसदहरुमाथि गरेको अनुशासनको कारबाही सभामुखले कार्यान्वन नगरेको सम्बन्धमा दायर गर्नुभएको मुद्धामा सर्वोच्च अदालतले अन्तिम सुनुवाई गरेर फैसला गर्ने भएको छ ।
न्यायाधीशद्वय ईश्वर खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले आइतबार सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो ।
आदेशमा छिटो छरितो रुपमा पूर्ण सुनुवाई गर्न मनासिब देखिएको भन्दै चैत्र २० गते पूर्ण सुनुवाई गर्ने कुरा उल्लेख छ ।
रीट निवेदकतर्फका वकिल रमेश बडालले अब अन्तिम सुनुवाई भएर निर्णय सुनाउने दिन तोकिनेछ ।
नेकपा एमाले पार्टीले नेपालसहित १४ सांसदलाई माथि पार्टी गरेको कारबाही सभामुख अग्नीप्रसाद सापकोटाले कार्यान्वयन नगर्नुभएको, कारबाहीमा परेका सांसदहरुले पार्टी विभाजनका लागि गरेको सनाखतलाई मान्यता नदिन नेकपा एमालेका अध्यक्ष ओलीले सर्वोच्चमा रीट दिनुभएको थियो ।
अदालते यो मुद्दा र लुम्बिनीका सांसदहरु विमला खत्री वली र अजय शाहीमाथि गरेको कारबाहीअनुसार सूचना टाँस गरिनुपर्ने लगायतका विषयको मुद्दा एकै ठाउँमा हेर्दैछ ।
नेपालसहिका १४ सांसदमाथि पार्टीले गरेको कारबाही कार्यान्वयन नभएको भन्दै एमाले विगत ६ महिनादेखि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ ।


















