Prakash Adhikari March 14, 2022

 

चौतारा(सिन्धुपाल्चोक), ३० फागुन । दोस्रो चरणमा पुगेको सिन्धुपाल्चोक कांग्रेसको चुनावमा जंगबहादुर लामा जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ।

लामाले आफ्ना प्रतिस्पर्धी उम्मेदवार बंशलाल तामाङलाई पराजित गरेर सिन्धुपाल्चोक कांग्रेसको नेतृत्व जित्नुभएको हो ।

जम्मा १ हजार ७ सय ८७ म खसेकोमा विजयी भएका लामाले ९ सय १२ मत ल्याउनुभयो भने तामाड.ले तामाङले ८ सय ४८ मत ।

लामा पूर्वमन्त्री मोहन बस्नेत निकट मानिनुहुन्छ । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुनुहुन्छ।

पहिलो चरणको मतदानमा डा. प्रेमध्वज लामा पनि उठ्नुभएको थियो । उहाँ तेस्रो स्थानमा पुगेपछि दोस्रो चरणको मतदानमा बाहिरिनुभयो । उहाँले संस्थापन पक्षकै उम्मेदवार जंगबहादुरलाई समर्थन गर्नुभएको थियो ।

सभापतिका तीन वटै उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत मत हासिल गर्न नसकेपछि आइतबार पुनः मतदान भएको थियो।

 

Share Now

Leave a comment.