Prakash Adhikari March 27, 2022

काठमाडौं, १३ चैत्र। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।

शुक्रबार आरम्भ भएको बैठक शनिवार ग्याप राखेर आज बस्न लागेको जानकारी मुख्य सचिव कृष्ण पौडेलले दिनुभएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजेबाट सुरु हुने बताइएको छ ।

कांग्रेसभित्र निर्वाचनमा हाल सत्तामा रहेका दलहरुबीच गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय निकै पेचिलो बन्दै आएको छ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले अघिल्लो निर्वाचनमा थोरै सिट जितेको कांग्रेसलाई सरकारको नेतृत्वमा पुर्याउन सहयोग गरेकोले अहिले गठबन्धनमा भएका दलहरुबीच तीन वटै तहमा गठबन्धन गर्न उचित हुने बताउदै आउनुभएको छ ।

गत निर्वाचनमा बामपन्थी गठबन्धन बन्दा आफूसमेत पराजित हुनुभएका नेता शेखर कोइराला भने पार्टीको आफ्नै विचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने धारणा राख्दै आउनुभएको छ।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा सभापति देउवा र नेता कोइरालाबीच निर्वाचनमा गठबन्धन गर्ने नगर्ने विषयमा सार्वजनिक रुपमै सवाल जवाफ भएको थियो ।

 

Share Now

Leave a comment.