Prakash Adhikari March 12, 2018

काठमाडौं,२८ फागुन । अवतरणको क्रममा रहेको यूएस बंगला एयरको विमान दुर्घटनामा परेको सम्बन्धमा छानविन गर्न सरकारले उक उच्च स्तरीय आयोग गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्य सचिव तोकिएको छ ।

आयोगलाई यथाशिघ्र छानवीन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

सरकारले विमान दुर्घटनामा परेर जीवन गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइते भएकोहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेशको मुख्य न्यायाधिवक्ताको सपथ उच्च अदालतका मुख्य न्यायाधिशको उपस्थितिमा प्रदेश प्रमुखले गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

Share Now

Leave a comment.