Prakash Adhikari March 29, 2022

 

काठमाडौं, १५ चैत्र । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई जीवन्त राख्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

श्रीलंकाको कोलम्बोमा आज बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उहाँले बिमस्टेकमा केही ठोस कार्य गर्ने बेला आएको समेत बताउनुभयो ।

‘बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरुको आवश्यक छ,’ परराष्ट्रमन्त्री डा. खड्काले सम्बोधनका क्रममा भन्नुभयो ।

उहाँले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्ने जनाउँदै वर्तमान चुनौतिहरु अनुरुप नवीन मार्गहरु निर्माण गर्दै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

परराष्ट्रमन्त्री डा. खड्का बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार श्रीलंकाको राजधानी कोलम्बो पुग्नुभएको हो ।

कोलम्बोमा आज विहान परराष्ट्रमन्त्री डा. खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो ।

Share Now

Leave a comment.