Prakash Adhikari March 29, 2022

काठमाडौं, १५ चैत्र । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । मंगलबार पनि यो ओरालोतिर मोडियो । धितोपत्र बजार परिसूचक निरन्तर पाँचौ कारोबार दिन ओरालो लागेको छ।

मंगलबार धितोपत्र बजार परिसूचक १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। मंगलबारका दिन २ सय २५ कम्पनीको ३८ लाख ९० हजार कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन होटल तथा पर्यटन समूहबाहेक अरु सबै समूहको उपपरिसूचक सबै घटेको छ । मंगलबार होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत घटेको छ।

 

 

Sub-Indices Current Points Change %Change
Banking 1,645.19 5.54 0.34
Trading 2,406.82 0.51 0.02
Hotels And Tourism 3,084.20 25.52 0.83
Development Bank 4,344.50 26.35 0.6
HydroPower 2,953.24 16.48 0.55
Finance 2,018.09 14.96 0.74
Non Life Insurance 12,092.15 76.69 0.63
Manu.& Pro. 5,886.79 15.01 0.25
Others 1,996.11 20.05 0.99
Microfinance 4,965.22 34.54 0.69
Life Insurance 14,242.85 219.63 1.52
Mutual Fund 15.50 0.04 0.26
Investment 84.47 0.09 0.1

ओरालो लागेको शेयर बजारमा पनि मंगलबार तीनवटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यसदिन इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन शेयर मूल्य बढेका अन्य कम्पनीहरुमा जल्पा सामुुदायिक लघुवित्त, समता लघुवित्त,सिटिजन्स म्युचुअल फण्ड,युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, सपोर्ट माइक्रो फाइनान्स र तारा गाउँ रिजेन्सी होटल रहेका छन् ।Top Gainers

Symbol LTP % Change
As of 2022-03-29 15:00:00
ENL 1,012.30 10.00
NESDO 872.60 10.00
RULB 1,090.60 9.99
JALPA 352.70 4.01
SMATA 1,049.00 2.34
CMF2 10.40 2.26
ULI 681.00 2.02
GLH 467.90 1.94
SMB 1,748.00 1.92
TRH 363.60 1.85
View All

यस दिन एनआईबिएल समृद्धि फण्ड २ को मूल्य सर्वाधिक ४.७३ प्रतिशत घटेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, शिवश्री हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, मञ्जश्री फाइनान्स र मैलुड.खोलाको शेयरमूल्य बढी घटेको छ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-03-29 15:00:00
NIBSF2 8.86 -4.73
MMFDB 1,255.00 -3.68
NLIC 1,024.00 -3.67
JBLB 3,245.00 -3.65
ALBSL 1,357.10 -3.55
SSHL 338.00 -3.43
ALICL 876.00 -3.31
BBC 4,195.00 -3.27
MFIL 565.00 -2.92
MKJC 612.10 -2.69
View All

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ८ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडको शेयर किनबेच भएको छ। त्यस्तै जीवन विकास लघुवित्तको ५ करोड ७८ लाखको, हिमालयन डिष्टिलरीको ५ करोड ६१ लाखको, नबिल बैंकको ५ करोड ३८ लाखको,नेपाल दूरसञ्चारको ३करोड ९६ लाखको,अपि पावरको ३ करोड ८९ लाखको,नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ३ करोड २८ लाख र अरुण भ्याली हाइड्रो पावरको ३ करोड २४ लाखको कारोबार भएको थियो ।

 

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-03-29 15:00:00
SHIVM 79,199,051.50 1,047.00
GBIME 72,671,797.50 314.90
NLIC 65,999,867.30 1,024.00
JBLB 57,863,472.30 3,245.00
HDL 56,194,237.80 3,725.00
NABIL 53,898,812.70 1,009.00
NTC 39,678,365.20 1,125.30
API 38,983,947.70 358.30
NIFRA 32,826,960.20 326.50
AHPC 32,481,502.30 465.00
View All
Share Now

Leave a comment.