Prakash Adhikari March 31, 2022

सानेपा(ललितपुर), १७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिचालन समितिमा थप ५५ जना मनोनित गर्नुभएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले दिनुभएको जानकारी अनुसार समितिको पहिलो बैठक आज अपरान्ह २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

नेपाली कांग्रेसको चैत्र १५ गते बसेको बैठकले पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समितिका सदस्यहरुमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, आठ जना सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर,उमाकान्त चौधरी,महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियारलाई मनोनयन गर्नुभएको छ ।

परिचालन समितिमा केन्द्रीय सदस्यहरु डा.शशांक कोइराला अर्जुननरसिंह के.सी.,डा. प्रकाशशरण महत, शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एन.पी. साउँद, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल,कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा. डिला संग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी,सञ्जयकुमार गौतम,तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य र उमेशजंग रायमाझी रहनुभएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्यहहरु उदयशम्शेर राणा,जीतजंग बस्नेत, नैनसिंह महर,दिलमान पाख्रिन, रामहरि खतिवडा,अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव,सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम? कुन्दनराज काफ्ले, हरिशरण नेपाली? नानु वाँस्तोला, सीताकुमारी राना र जीवन रानालाई पनि सो समितिको सदस्यमा मनोनयन गर्नुभएको छ ।

Share Now

Leave a comment.