काठमाडौँ, १८ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा ६७ जना मनोनयन गर्नुभएको छ ।
केन्द्रीय कार्यसमितिको चैत १५ गते बसेको बैठकले प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन गरेको प्रसार समितिमा सभापति देउवाले केन्द्रीय सदस्य र भ्रातृ संस्थाका प्रमुखहरुलाई मनोनीत गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
उहाँका अनुसार जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया, अम्बिका, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, टेकप्रसाद गुरुङ लगायत हुनुहुन्छ ।
उक्त समितिमा नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरु पदेन सदस्यको रुपमा रहनुभएको छ ।
केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा आज मनोनित हुनुभएका सदस्यहरु निम्नानुसार हुनुहुन्छ :




















