काठमाडौं, १ वैशाख । सौन्दर्य व्यवसायमा संलग्नमहिलाहरूको क्षमताअभिवृद्धि गर्दै आएको ‘ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियो’ले व्यावसायिक क्षमता विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेको छ ।
कोभिड–१९ प्रकोपकाकारण थलिएको व्यवसायलाई पुरानै अवस्थामाफर्काउने अभिप्रायले ‘ग्लो टु ग्लो’ले देशभरका ३ सय ४३ जना ब्युटिसियनलाई उच्चस्तरीय तालिम प्रदान गरेको छ ।
नयाँ वर्षका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा ‘ग्लो टु ग्लो’बाट ‘डिप्लोमा र मास्टर्स क्लास कोर्ष’ गर्ने महिलाहरूलाई संयुक्त अरब इमिरेट्स सरकार अन्तर्गतको ‘नलेज एन्ड ह्युमन डेभेलप्मेन्ट अथ्योरिटी (केएचडिए)’बाट सम्बन्धन प्राप्त प्रमाणपत्र प्रदान गरिएको छ ।
‘ग्लो टु ग्लोः दी ब्युटी स्टुडियो’की संस्थापकविनिताशाहकाअनुसार कार्यक्रममा १०८ जनाले प्रत्यक्षउपस्थितभएर प्रमाणपत्र लिएका छन् ।
‘ग्लो टु ग्लो’ले सौन्दर्य व्यवसायमा संलग्न महिलाहरूलाई उच्च स्तरीय तालिम प्रदान गरिरहेको संस्थापक शाहले बताउनुभयो । ‘बेहुलीको श्रृङ्गार तथा ब्युटीपार्लर सञ्चालन गर्नेहरू महिला दिदीबहिनीहरूलाई काठमाडौंमै मेकअप र हेयर डिजाइनसम्बन्धी आधारभूत तालिम प्रदान गरिरहेका छौँ । साथै युएईमा पनि शाखा विस्तार गरेर काम अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो ।
शाहले प्रशिक्षार्थीले प्राप्त गरेको प्रमाणपत्र विश्वभरि नै मान्यता प्राप्त हुने बताउनुभयो । ‘यही तालिमका लागि विदेशमा १० लाखसम्म खर्च गर्न पर्छ । तर, यहाँ धेरै सहुलियतमै प्रशिक्षण प्रदान गरिरहेका छौँ, यो तालिमपछि जुनसुकै देशमापनि रोजगारीका लागि जान सकिन्छ,’ शाहले बताउनुभयो ।
विविध विधामा पुरस्कृत
नयाँवर्षका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा समेत गराइएको थियो । तालिममा सहभागी शिला सुब्बाले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।
सौन्दर्य कलासम्बन्धी प्रश्नोत्तर र खेलमा निर्मला धामी, आशा ओली र शर्मिला तामाङ पुरस्कृत हुनुभएको छ । छाला हेरचाहसम्बन्धी प्रश्नोत्तरमा सलिना मल्ल र शर्मिला तामाङ विजयी हुनुभएको छ । अन्य दुई विधामा रोजिना श्रेष्ठ र दीपिका श्रेष्ठ विजयी हुुुनुभयो ।
उद्यमशील बन्ने अवसर
कार्यक्रमका सहभागीहरूले अन्तर्राष्ट्रिय स्तरको तालिम लिएपछि नेपालमै उद्यमशील बन्न धेरै अवसर प्राप्तहुने बताउनुभएको छ ।
सोनाम बरालले नेपालमा पर्याप्त सम्भावना भएपनि तालिम र प्रोत्साहन नहुँदा विदेशिनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो ।
‘ग्लो टु ग्लोबाट तालिमलियौँ, अझै राम्रोसँग कामगर्ने उर्जा मिल्यो, त्यसैअनुरुपकामपनिगरिरहेका छौँ । यो संस्थाले एउटा पुलको काम गरेको छ,’ बरालले भन्नुभयो ।
‘ग्लो टु ग्लो’ की संस्थापक शाहले नेपाली महिलाहरूको क्षमता विकासका लागि विश्वका विभिन्न देशमा विकास गरिएका डिजाइनलाई आधार बनाएर कोर्ष तयारी गरिएको जानकारी दिनुभयो ।


















