Prakash Adhikari April 15, 2022

काठमाडौं, २ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमले यही अप्रिल ३० तारिख देखि टेस्ट राष्ट्र जिम्बाब्वेको ‘ए’ टिमसंग तीन वटा एकदिवसीय र तीनवटै टी २० श्रृखला खेल्ने भएको छ।

खेल नेपालको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार जिम्बाबेसंगको खेल तालिका सार्वजनिक गरेको छ।

तालिका अनुसार दुवै टिमले पहिले एकदिवसीय अन्तर्राष्ट्रिय श्रृखला खेल्ने छन् । एक दिवसीय खेल अप्रिल ३०, मे २ र ४ मा खेलिनेछ।

यस्तै टी २० अन्तर्राष्ट्रिय सिरिज मे ६, ७ र ९ मा खेलिनेछ।

जिम्बाब्वेको राष्ट्रिय टिम नभएकोले खेलले एक दिवसीय अन्तर्राष्ट्रिय मन्यता पाउने छैन। तर खेलले लिस्ट ‘ए’ र टी २० मान्यता पाउनेछ।

अफ्रिकी राष्ट्र जिम्बाबेको कुनै पनि टिम नेपाल आउन लागेको यो नै पहिलो पटक हो। जिम्बाब्वे ‘ए’ टिममा राष्ट्रिय क्रिकेटरहरु समावेश हुने छैनन्।

नेपाली क्रिकेट टिमले आगामी जुन ७ देखि १४ तारिखसम्म अमेरिकामा विश्वकप लिग २ अन्तर्गत अमेरिका र ओमानसंग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखला खेल्दै छ । जिम्बाब्वे ‘ए’ संगको सिरिज नेपालको तयारीको लागि महत्वपूर्ण मानिएको छ।

क्यानले मे महिनामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने बताएको छ।

Share Now

Leave a comment.