Prakash Adhikari April 23, 2022

 

ललितपुर, १० बैशाख ।आसन्न स्थानीय तह निर्वाचनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा जनकपुरको रेलदेखि जापानले प्रक्षेपण गरेको रकेटमा राखिएको नेपालको नानो स्याटलाइटसम्म आफ्नै सरकारले गरेको दावी गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसर पारेर एमालेले पार्टीको नयाँ केन्द्रीय कार्यालय च्यासलबाट शुक्रबार घोषणापत्र सार्वजनिक गरेको थियो।

एमालेले केन्द्रको निर्देशन अनुसार देशभरका ७ सय ५३ स्थानीय तहबाट एकसाथ प्रतिवद्धता सार्वजनिक गरेको थियो ।

चुनावी घोषणापत्रमा एमालेले घर–घरमा निःशुल्क बिजुली, खानेपानी, सडक र सडक पुग्न नसक्ने गाउँमा केबलकार पुर्याउने सपना बाँडेको छ।

घोषणापत्रमा समावेश विषयलाई बुँदागत रुपमा भन्दै नेकपा एमाले अध्यक्ष ओलीले भारतले अतिक्रमण गरेको भूभाग समेटेर चुच्चे नक्सा बनाउने, अन्तरिक्षमा स्याटेलाइट पुर्‍याउनेदेखि सडक मानवमुक्त अभियानसम्मका काम एमालेले गरेको दाबी गर्नुभयो।

एमालेका दाबी
–देशका अशक्त, वृद्धवृद्धा सम्झिएर वृद्धभत्ता बृद्धि।
–सेना, प्रहरी, कर्मचारीको सेवा सुविधा बृद्धि।
–मधेशमा नागरिकताको समस्या समाधान ।
–सुनकोशी मरिन डाइभर्सनको शुभारम्भ।
–मेची–महाकाली हुलाकी राजमार्ग निर्माण।
– मदन भण्डारी राजमार्ग निर्माण।
–जनकपुरमा नयाँ रेल ।
–गरिबलाई आवास वितरण ।
–खरका छानालाई विस्थापित गरेर जस्तापातायुक्त घरको निर्माण।
–भूकम्पपछिको पुनःनिर्माण गरेर हस्तान्तरण ।
–सडक मानव मुक्त नेपाल ।
–मेलम्चीको पानी काठमाडौंमा ।
–देशको अर्थतन्त्रको ७ प्रतिशतभन्दामाथिको बृििद्ध।
–बालबालिकालाई भर्ना अभियान आरम्भ।
–अन्तरिक्षमा स्याटेलाइट पठाउने एमाले।
–चुच्चे नक्सा सार्वजनिक।

एमालेको घोषणापत्रको पूर्ण पाठको लागि तल क्लिक गर्नुहोस्

घोषणापत्र

Share Now

Leave a comment.