बीबीसी लण्डन(संयुक्त अधिराज्य),३० फागुन । प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको ७६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ।
ब्रिटेनका नागरिक हकिङले ‘ब्ल्याक् होल्र’ सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए।
उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध पुस्तकहरू लेखेका छन्। तीमध्ये ‘अ ब्रीफ् हिस्ट्री आफ् टाइम्’ निकै नै चर्चित छ।
ूहाम्रा प्यारा बुवा आज बित्नु भएकाले हामी धेरै दुस्खी छौँ,ू उनको छोराछोरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
असाधारण
२२ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए।
त्यो रोगले उनलाई ह्वील्चेअरमा सीमित गरिदियो र उनी एउटा विशेष खाले यन्त्रको सहायताले मात्र बोल्न सक्थे।
उनका तीन छोराछोरी लुसी, रबर्ट र टिमले विज्ञप्तिमा भनेका छन्, ‘उहाँ महान् वैज्ञानिक र असाधारण व्यक्ति हुनुहुन्थ्यो जसको काम र विरासत धेरै समयसम्म जिउँदो रहनेछ।’

उनीहरूले आफ्ना पिताको ‘साहस र दृढता’को प्रशंसा गर्दै उनको ‘प्रतिभा र हास्यकला’ले विश्वभरि मानिसहरूलाई उत्प्रेरित गरिराख्ने विश्वास व्यक्त गरेका छन्।
“वहाँले एकचोटि भन्नुभएको थियो – यो ब्रम्हाण्ड आफूले माया गर्ने मान्छेको घर नभैदिएको भए यस्को खासै महत्व रहंदैन।’ हामीले वहाँलाई सधैँका लागि गुमाएका छौँ।”
को थिए हकिङर?
जन्मस् अक्सफोर्ड, इङ्ल्यान्डमा सन् १९४२, ज्यानुअरी ६
सन् १९५९ मा नेचुरल साइन्स अध्ययन गर्न अक्सफोर्ड विश्वविद्यालय प्रवेश। पछि क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि
सन् १९६३ मा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी रोग लागेको निदान भएपछि जम्मा दुई वर्ष मात्र आयु बाँकी रहेको बताइएको
सन् १९७४ मा ुब्ल्याक् होल्ुबाट ुहकिङ विकिरणु निस्किने सिद्धान्तको प्रतिपादन
सन् १९८८ मा ुअ ब्रीफ् हिस्ट्री अफ् टाइम्ु प्रकाशित। यो पुस्तकको एक करोडभन्दा बढी प्रति बिकिसकेको छ।
सन् २०१४ मा उनको जीवनकथामा आधारित चलचित्र ुद थिअरी अफ् एभ्रिथिङ्ु को निर्माण


















