काठमाडौं, १६ बैशाख । भोलिदेखि नेपाल र अफ्रिकी राष्ट्र जिम्बाबेबीच एक दिवसीय क्रिकेट श्रृखला सुरु हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय खेल मैदानमा नेपाली राष्ट्रिय टोली र जिम्बाब्वेको ए टोलीसँग तीनवटा एक दिवसीय खेल हुनेछ । त्यस लगत्तै बैशाख २३देखि फेरि तीन टी–२० खेल हुनेछ ।
नेपाल जिम्बाबे शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण थालेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी २० शृंखलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारबाट प्रशिक्षण थालिसकेको छ।
कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यसअघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो।
टोलीमा बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन्।
यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ।
१० दिन चल्ने नेपाल जिम्बाबे श्रृखलामा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ। एक दिवसीय शृंखला बैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ।


















