Prakash Adhikari May 2, 2022

 

काठमाडौं, १९ बैशाख । पठाओले बर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ ।
पठाओले २०७७ सालका उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरेको पठाओ नेपालका निर्देशक यशु थकालीले बताउनुभयो ।

पठाओलाई नेपालकै उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म र फास्टेस ग्रोइङ कम्पनी बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको थकालीले बताउनुभएको छ।

पठाओ सम्मान कार्यक्रममा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला, अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र विभिन्न उपहार प्रदान गरिएको थियो ।

पठाओ सम्मान पाउने ३५ जनलाई एभरेस्ट इन्स्योरेन्सले राइड नभएको समयमा समेत लागू हुने गरि एक लाख बराबरको मेडिकल इन्स्योरेन्स प्रदान गरेको छ ।

कार्यक्रममा कलाकार दीपाश्री निरौलाले आफ्नो सुरक्षित र सुनिश्चित यात्राको साथी पठाओ रहेको बताउनुभयो ।
कलाकार दीपकराज गिरीले नेपालमा परिवारसँगै बसेर केहि गरौ भन्नेलाई पठाओले राम्रो अवसर सिर्जना गरेको बताउनुभयो।

पठाओको अवार्ड बिजेताहरुमा सर्वोत्कृष्ट विधा अवार्ड द स्टार टाईटल राइडर खुशीराम थारु, क्याप्टेन सोमनाथ गिरि र बेस्ट पफर्मिङ फुडम्यान सागर राईले पाउनुभयो ।

यस्तै फरक क्षमताका राइडर (चार पाङ्ग्रे स्कुटर) बिधामा मस्ट इम्पावर्ड राइडर पुनम मिश्र र सोमनाथ राईले सम्मान पाउनुभयो ।परोपकार विधा तर्फ द हेल्पिङ ह्यान्ड अवार्ड (पठाओको माद्यम मार्फत सामाजिक सेवा समेत गर्ने) रोनिस खड्की, कृष्ण बहादुर तामाङ, रोयतबहादुर रोकाले पाउनुभयो ।

बाइक राइडर बिधा तर्फ द राइजिङ राइडर (सबैभन्दा कम उमेरको, १८ बर्ष) तर्फ सन्जीब श्रेष्ठ, द टायरलेस राइडर (सबैभन्दा धेरै राइड लिने, ५५०० राइड) मुकुन्द राज थापा, युजर फेबरेट राइडर (सबैभन्दा धेरै रेटिङ, ४.८) सुदर्शनमणि डङ्गोल, द डेडिकेटेड राइडर (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९७ प्रतिशत) तर्फका अवार्ड तिर्थबहादुर बिष्टले पाउनुभएको छ ।

यस्तै द भेट्रान राइडर (सबैभन्दा लामो समयदेखि राइड लिइरहेको, ४ बर्ष) दीलिप लामा, द अनरेवल राइडर (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) कपिलदिप न्यौपाने, द एनर्जेटिक राइडर (सबैभन्दा धेरै दिन राइड लिएको,३५० दिन) कौशलकुमार जोशी, द सिनियर राइडर (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष) आश्मान राई, द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) राइडर अवार्ड लक्ष्मी श्रेष्ठले पाउनुभएको थियो ।

क्याप्टेन (ट्याक्सी चालक) बिधामा द राइजिङ क्याप्टेन (सबैभन्दा कम उमेरको, २१ बर्ष) राजेश थापा, द टायरलेस क्याप्टेन (सबैभन्दा धेरै राइड लिने, ३८०० राइड) कमल श्रेष्ठ, युजर फेबरेट क्याप्टेन (सबैभन्दा धेरै रेटिङ, ४.७५) प्रशान्त थापा, द डेडिकेटेड क्याप्टेन (आफुलाई आएका मध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ९० प्रतिशत) दीपक घलान, द भेट्रान क्याप्टेन (सबैभन्दा लामो समयदेखि राइड लिइरहेको, पठाओ ट्याक्सी सुरुवातदेखि नै) फरिन बहादुर क्याप्छाकी, द अनरेवल क्याप्टेन (सस्पेन्सनमा नपरेको र धेरै राइड लिने) रामानन्द चौधरी, द एनर्जेटिक क्याप्टेन (सबैभन्दा धेरै दिन राइड लिएको, २९५ दिन) पवन ढुङ्गेल, द सिनियर क्याप्टेन (सबैभन्दा धेरै उमेरको, ६६ बर्ष) कृष्ण लामा, द इन्फ्लुएञ्सर (बेस्ट फिमेल) क्याप्टेन विद्या कुमारी लामाले पाउनुभएको छ ।

यस्तै फुडम्यान बिधातर्फ बेस्ट पफर्मिङ फुडम्यान इनहाउसः धनेन्द्र हंसरुम्बा, बेस्ट पफर्मिङ फुडम्यान, साइकल (२८०० डेकिभरी) अनिसकुमार थापा, द सुपरस्टार फुडम्यान (सबैभन्दा धेरै रेटिङ, ४.८) टीकाबहादुर कुँवर, द टायरलेस फुडम्यान (सबैभन्दा धेरै फुड डेलिभरी गर्ने, ३२०० डेलिभरी) छत्रबहादुर बस्नेत, द डेडिकेटेड फुडम्यान (आफुलाई आएकामध्ये सबैभन्दा बढी राइड रिक्वेस्ट लिने, ८५ प्रतिशत) विशाल श्रेष्ठ, द क्लासिक फुडम्यान (सबैभन्दा लामो समय देखि, ५६५ दिन) दिलेन क्षेत्री, द ज्वय गिभर फुडम्यान (बेस्ट कम्युनिकेसन) राजकुमार दाहाल, द एभर फ्रेस फुडम्यान (सबैभन्दा धेरै दिन फुड डेलिभर गरेको, २९० दिन) शेषकान्त सुवेदीले अवार्ड पाउनुभएको छ।

 

Share Now

Leave a comment.