Prakash Adhikari May 15, 2022

 

काठमाडौं, १ जेठ । बुद्ध एयरले आजदेखि ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ।

बुद्धले तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान उडान गर्ने जानकारी दिएको छ।

नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थलहरु १८ घण्टा खुला राख्ने निर्णय स्वागतयोग्य गर्दै बुद्ध एयरले मे १५ का दिनदेखि उडान विस्तार गरेको जनाएको छ।

यी उडानका समयहरु राति ८ बजेदेखि र त्यसपछिका मात्र हुनेछन्।

नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ।

दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले जनाएको छ ।

रात्रिकालीन उडान बिहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि विश्वास गरेको छ।

बुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहाँको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ ।

यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरले लिएको छ।

बुद्ध एयरले काठमाडौंको हकमा ‘टुटल’सँग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको छ।

 

Share Now

Leave a comment.