काठमाडौं, १ जेठ । नेपाल एयरलाइन्सले बुद्ध जयन्तीको अवसर पारेर गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गते उडान गर्ने भएको छ।
एयरलाइन्सले विमानस्थल प्रवर्द्धन गर्न काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्न लागेको हो ।
नेपाल एयरलाइन्सले न्यारोबडी ए३२० जहाज उडान गर्ने जानकारी दिएको छ।
नेपाल एयरलाइन्सले विहान ६ बजे काठमाडौंबाट भैरहवा र ८ बजे भैरहवाबाट काठमाडौं आउने भएको छ।
जेठ २ गते प्रधानमन्त्री देउवाले गौतमबुद्ध विमानस्थल उद्घाटन गर्दैछन्। उक्त दिन जजिरा एयरले अन्तराष्ट्रिय उडान गर्दैछ।


















