Prakash Adhikari May 31, 2022

काठमाडौं, १७ जेठ । गत आइतबार पोखराबाट मुस्ताड.को लागि उडेको तारा एअरको विमान दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव काठमाडौं उतारिएको छ ।

हिजो दुर्घटनास्थलबाट १० जनाको शव काठमाडौं ल्याएकोमा आज बाँकी १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याइएको हो ।

काठमाडौं ल्याइएको शवहरुलाई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको छ ।

पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिने तारा एयरले जनाएको छ ।

आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारामा दुर्घटनामा परेको थियो ।

विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।

जहाज खराब मौसमको कारण पाइलटले नियमित हवाईमार्ग अबलम्बन गर्न नसक्दा पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ ।

 

Share Now

Leave a comment.