Prakash Adhikari June 1, 2022

किएभ(युक्रेन), १८ जेठ(बीबीसी) । पूर्वी युक्रेनको एउटा मुख्य तथा रणनीतिक शहर सेभेरोडोनेट्स्कका प्रमुखले आफ्नो लडाईँको अग्रमोर्चा शहरको आधा भागमा खुम्चिएको जनाएका छन्।

तर ती शहरका प्रमुखले युक्रेनले अझै अवस्थालाई डटेर सामना गरिरहेको र त्यहाँ आफ्नो प्रतिरक्षा गरिरहेको बताए।

त्यस क्षेत्रका गभर्नरले रूसीहरू शहरमा प्रवेश गरेपछिको अवस्था ुगम्भीरु बनेको बताएका छन्।

रणनीतिक महत्त्वको युक्रेनी शहर सेभेरोडोनेट्स्कमा लडाईँ तिब्र भइरहँदा युरोपेली सङ्घद्वारा नयाँ प्रतिबन्ध प्रस्ताव
निरन्तरको बमबारी

लुहान्स्कका गभर्नर सेर्हेई हाइडाईले पूरै क्षेत्र निरन्तरको बमबारीमाझ रहेको जनाएका छन्।

जसका कारण सेभेरोडोनेट्स्कबाट सर्वसाधारणहरूलाई बाहिर निकाल्ने काम समेत अवरूद्ध बनेको छ।

युक्रेन

युक्रेन

यसअघि गभर्नर हाइडाईले शहरका १५ हजारजति सर्वसाधारणहरू चेपुवामा परेको बीबीसीलाई बताएका थिए।

मस्कोले अहिले लुहान्स्क क्षेत्रको सबैजसो क्षेत्रमा कब्जा जमाएको छ।

त्यस क्षेत्रलाई उसले फेब्रुअरीमा हमला सुरु गर्नुअघि स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको थियो।

ईयूको प्रतिबन्ध ढिलो

यसैबिच युरोपेली सङ्घ ईयूले रुसविरूद्ध लगाएको पछिल्लो चरणको आर्थिक प्रतिबन्धको बचाउ गरेको छ।

ईयूले यो वर्षको अन्त्यसम्ममा लगभग ९० प्रतिशत रुसी तेल आयात कटौती गर्न सहमति गरेको छ।

तर युक्रेनको राष्ट्रपति कार्यालयका सहायक प्रमुखले यस्तो प्रतिबन्ध निकै ढिलो गरि आएको बताउनुभएको छ।

युक्रेनी राष्ट्रपतिका एकजना मुख्य सल्लाहकारले किएभलाई लामो दूरीका क्षेप्यास्त्र नपठाउने राष्ट्रपति बाइडनको निर्णयको जवाफ दिनुभएको छ।

रुसी हस्तक्षेपलाई पछाडि धकेल्न युक्रेनी सेनालाई ७० किलोमिटरजति दूरीमा प्रहार गर्नसक्ने क्षेप्यास्त्र पर्याप्त हुने उहाँको धारणा सार्वजनिक भएको छ ।

 

Share Now

Leave a comment.