Prakash Adhikari June 1, 2022

 

काठमाडौं, १८ जेठ । आईसीसी लिग–२ अन्तर्गत नेपालले स्कटल्यान्डमा खेल्ने विदेशीय अर्को श्रृखलाको खेल तालिका सार्वजनक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी(ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार आउदो जुलाई १० देखि १७ तारिखसम्म स्कटल्याण्डमा आयोजना हुने एकदिवसीय श्रृखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

तालिका अनुसार नेपालले पहिलो खेल नामाबियासँग जुलाई ११, दोस्रो खेल आयोजक स्कटल्याण्डसँग जुलाई १३, तेस्रो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डसँग जुलाई १७ मा खेल्नेछ ।

लिग–२ अन्तर्गतकै श्रृखलाको लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा छ ।

नेपालले लिग २ अन्तरगत नै आयोजक अमेरिका र ओमानसँग यही जुन ९ देखि १५ तारिखसम्म श्रृखला खेल्दैछ ।
आईसीसी लिग–२ अन्तर्गत श्रृखलामा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ ।

ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी(पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

 

Share Now

Leave a comment.