ह्युस्टन(टेक्सास,संयुक्त राज्य अमेरिका), १९ जेठ । आईसीसी लिग–२ अन्तर्गतका त्रिदेशीय सिरिज खेल्नका लागि अमेरिका आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले अभ्यास खेलमा व्यस्त छ ।
लिग अन्तरगत ओमान र संयुक्त राज्य अमेरिकासंग त्रिदेशीय श्रृखला खेल्नका लागि नेपाली टोली २९ मे मा टेक्सासको ह्युस्टन आइपुगेको हो ।
ह्युस्टन संयुक्त राज्य अमेरिकाको चौथौ ठूलो शहर हो। यो टेक्सस राज्यको सबभन्दा ठूलो शहर पनि हो।
Practice Session#CWCL2USA pic.twitter.com/Pp0Fy4DogZ
— CAN (@CricketNep) June 1, 2022
अमेरिकामा नेपालले आयोजक अमेरिका र ओमानसँग यही जुन ९ देखि १५ तारिखसम्म सिरिज खेल्दैछ ।
United States vs Oman, 1st Match
9:15 PM
9:15 PM
Nepal vs United States, 3rd Match
9:15 PM
Oman vs United States, 4th Match
9:15 PM
9:15 PM
United States vs Nepal, 6th Match
9:15 PM
आईसीसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौं स्थानमा छ ।
ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।