Prakash Adhikari June 3, 2022

काठमाडौं, २० जेठ । आईसीसी यू–१९ विश्वकप एसिया छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार बिहान मलेसियामा भएको खेलमा नेपालले कतारमाथि ७९ रनको जित निकालेको हो ।

नेपालले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको कतारले १५.४ बलमा ३८ रनमात्र बनाउन सक्यो ।

कतारलाई रोक्न बलिङतर्फ श्रृष्टि जैसीले ३ विकेट लिइन् । स्नेहा महरा, कृतिका मरासिनी र अनु कडायतले २–२ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय १७ रन बनाएको थियो ।

नेपालका तर्फबाट आशा पुलामी मगर ३२ र श्रृष्टि जैसी २३ रनमा अविजित रहे । सानु राजवंशीले २१ र अन्जली विश्वकर्माले ११ रन जोडे ।

Share Now

Leave a comment.