Prakash Adhikari June 8, 2022

काठमाडौं, २५ जेठ । नेपाल पर्वतारोहण संघको यही जेठ २७ गते हुने निर्वाचनमा अध्यक्ष बाहेकका पदमा स्वतन्त्र समूहको तर्फबाट उम्मेदवारी दिने माया शेर्पा नेतृत्वको समूहले पनि अध्यक्षमा निमानुरु शेर्पालाई सघाउने भएको छ ।

आरोही र व्यवसायीको समावेशी समूहका तर्फबाट आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महासचिव पदका उम्मेद्वार आड. पेम्बा शेर्पाले सो कुरा बताउनुभएको हो । उहाँले पत्रकारहरुले अध्यक्षमा माया शेर्पाको स्वतन्त्र समूहले उम्मेद्वार नै नदिएको हुनाले कसलाई समर्थन गर्दछ भनी सोधिएको प्रश्नको जवाफमा सो कुरा बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा स्वतन्त्र समूहकी वरिष्ठ उपाध्यक्षकी उम्मेद्वार माया शेर्पाले पर्वतारोहीहरुको हक हित र कल्याणको लागि स्थापना भएको नेपाल पर्वतारोहण संघमा गैर आरोहीहरु हावी हुँदा सोचे अनुरुप काम हुन नसकेको भन्दै आरोहीहरु राखेर आफूहरुले टिम खडा गरेको बताउनुभयो ।

No description available.

यो समूहले प्रथम उपाध्यक्षमा नुरु जाड.बु शेर्पा, द्धितीय उपाध्याक्षमा सार्की तामाड., महासचिवमा आड. पेम्बा शेर्पा, सचिवमा शिवबहादुर सापकोटा, कोषाध्यक्षमा फुरी ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

माया शेर्पाको स्वतन्त्र समूहबाट सदस्यमा कान्छानुर्बु शेर्पा, लाक्पा डेण्डी शेर्पा, दावाटासी शेर्पा, आड.दावा शेर्पा, फुरडिकी शेर्पा,दाबुटी शेर्पा, लक्ष्मी तामाड., पेम्बा शेर्पा, चेड.ा छिरिड. शेर्पा र किसान गुरुड. उम्मेदवार उठ्नुभएको छ ।

नेपाल शेर्पा पर्यटन व्यवसायी संगठनका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा माया शेर्पा समूहको १४ बूँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरिएको थियो ।

सो प्रतिबद्धतापत्रमा आरोहीहरुको सीप,ज्ञान,दक्षता र क्षमता अभिबृद्धि गराउन समयसापेक्ष तालिमहरुको व्यवस्था गर्ने, आरोही,गाइड र मजदूरहरुको बीमा सरल गर्ने, आरोहण नखुलेका हिमालहरुलाई आरोहणका लागि खुलाउने र पर्यटकीय गतिविधि बढाउने, हिमाल सफाई गर्ने, आरोहणका क्रममा जीवन गुमाउने आरोही तथा मजदूरहरुको परिवारलाई भरणपोषण र सन्ततिको अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, संघमा वित्तीय अनुशासन कायम गराउने,सदस्यता नवीकरण र आर्थिक कारोबार अनलाईनबाट गर्ने व्यवस्था मिलाउने लगायतका विषयहरु समेटिएका छन् ।

 

Share Now

Leave a comment.