काठमाडौं, ६ आषाढ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, र मट्टीतेलको भाउ बढाएको छ ।
निगमले आइतबार साँझ जारी गरेको विज्ञप्ति अनुसार आजदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर रु २१ ले बृद्धि गरी रु १९९।- पुर्याएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर रु २७ ले बढाएर रु १९२ ।- पुर्याएको छ ।
यस्तै हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर रु १९ ले बृद्धि गरी रु १८५ ।- र बाह्य तिर प्रतिकिलो लिटर १०० डलर बृद्धि गरी १६४५ डलर कायम गरिएको छ ।
निगमले अझै पनि पेट्रोलमा प्रतिलिटर रु १३ । ५८ र डिजेल रु १३।९५ नोक्सानी व्यहोरेको जनाएको छ । निगमलाई मट्टितेलमा ४३ ।०६, हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर १३ ।६१ र बाह्यतिर रु ५६।६७ नाफा छ । निगमलाई एलपी ग्यासमा पनि रु प्रति सिलिण्डर रु ७५१।१४ नोक्सान छ ।
बढेको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्दा पनि निगमलाई १५ दिनमा रु २ अर्ब ३५ करोड ४ लाख नोक्सानी हुने निगमको प्रक्षेपण छ ।
यस हिसाबले निगमलाई एक महिनामा रु ४ अर्ब ७० करोड ८ लाख नोक्सानी हुने प्रक्षेपण निगमले गरेको छ ।



















