Prakash Adhikari June 21, 2022

 

काठमाडौं, ७ आषाढ । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी हुनुभएको छ।

आज भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ अध्यक्षमा विजयी हुनुभएको हो ।

८४ भोट खसेकोमा नेम्बाङले ४५ भोट पाउनुभएको थियो भने शेर्पाले ३९ ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा अध्यक्षमा राजीव पौडेल पनि प्रतिस्पर्धामा हुनुभयो तर उहाँलार्ई एक भोट पनि परेन ।

नेम्बाङ यसअघि कर्माकै प्यानलबाट विजयी वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो।

स्थानीय चुनावमा मेयरको दौड छाडेर नेम्बाङ एन्फाको अध्यक्षमा लड्नुभएको हो । उहाँ काङ्ग्रेस नेता एवम् पूर्वमन्त्री नरेन्द्रबिक्रम नेम्बाङका सुपुत्र हुनुहुन्छ । उहाँ काङ्ग्रेस महाधिवेशन प्रतिनिधि पनि हुनुहुन्छ।

मेचीनगर नगरपालिकाको मेयरका दाबेदार नेम्बाड.ले चुनावअघि पार्टी बैठकमा यसपटक पार्टीले जसलाई उठाउँछ सहयोग गर्छु। आउँदोपटक मेयरमा मेरो दाबेदारी हुनेछ। भन्नुभएको थियो

यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका थिए। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाले।

भक्तपुर र सिन्धुलीको जिल्ला निर्वाचनमा विवाद हुँदा मताधिकारबाट बन्चित भएका थिए। यस्तै एन्फाको विधानविपरित मताधिकार दिइएको बन्दै दाबीविरोध परेपछि सिराहा जिल्लाको मताधिकार बदर भएको थियो।

निर्वाचनमा १४ वटा ए डिभिजन क्लब, ११ वटा बी डिभिजन क्लब, ९ वटा सी डिभिजन क्लब र राष्ट्रिय लिगमा छनोट भएका मोफसलका ४ वटा क्लबले मत दिए।
एन्फाअन्तर्गतको महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघले पनि मत दिएका थिए।

वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का

अखिल नेपाल फुटबल संघ (एन्फा)को वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित हुनुभयो। आज भएको एन्फाको चुनावी साधारणसभामार्फत खड्का वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुुनुभएको हो ।

खड्काले खसेको ८४ मत मध्ये ४४ मत पाउन पाउनुभएको थियो । उहाँले कर्मा छिरिड. प्यानलका प्रतिस्पर्धी शिक्षित पराजुलीलाई पराजित गर्नुभयो । पराजुलीले ४० मत पाउनुभएको थियो।
चार उपाध्यक्षमा दावा,दीपक,विराट र दीर्घ

अखिल नेपाल फुटबल संघ (एन्फा) को चार उपाध्यक्ष पदमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी निर्वाचित हुनुभएको छ।

सोमबार भएको निर्वाचनमा ८४ भोट खसेकोमा लामाले ४८ भोट ल्याउनुभयो भने खतिवडा र शाहीले ४७(४७ मत । केसी भने४३ मत ल्याएर विजयी हुनुभयो।

उपाध्यक्षमा उम्मेदवारी दिएका सुन्दर नरसिंह जोशीले ४१ मत प्राप्त गर्नुभएको थियो । उहाँ पराजित हुनुभयो।

त्यस्तै उपेन्द्रमान सिंहले र विज्ञानराज शर्माले ३७(३७ मत मात्र प्राप्त गरेकोले पराजित हुनुभयो। यस्तै उपाध्यक्षका अर्का उम्मेद्वार रत्नकुमार श्रेष्ठले ३६ मत ल्याएर पराजित हुनुभयो ।

यसअघि अध्यक्षमा पंकजब्रिकम नेम्बाङ ४५ मत ल्याएर विजयी भएका थिए। अध्यक्षमा पराजित भएका कर्माछिरिङ शेर्पाले ३९ मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा विजयी भएका लामा, खतिवडा र शाही नेम्बाङ प्यानलका हुनुहुन्छ। केसी शेर्पा प्यानलका ।

 

Share Now

Leave a comment.