Prakash Adhikari June 23, 2022

जेसिका पार्कर । ब्रसेल्स संवाददाता

ब्रसेल्स(बेल्जियम), ९ आषाढ । युरोपेली आयोगले सकारात्मक सङ्केत दिएपछि बिहीवार ब्रसेल्स शिखर सम्मेलनमा युक्रेनलाई ईयूको उम्मेदवारका रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ।

ईयू सदस्यताका लागि युक्रेनले गत फेब्रुअरीमा रुसी आक्रमण सुरु भएको केही दिनपछि आवेदन दिएको थियो र त्यसपछि प्रक्रियाहरू एकदमै तीव्र गतिमा अघि बढाइएको छ।

ईयूका युक्रेनका राजदूतले उक्त सङ्गठनको सदस्यता युक्रेनीहरूका लागि मनोवैज्ञानिक प्रोत्साहन हुने बीबीसीलाई बताउनुभएको छ।

तर सेभोलोद जेन्त्सोभले वास्तविक एकीकरण युद्ध सकिएपछि मात्र सुरु हुनसक्ने स्वीकार गर्नुभयो।

उम्मेदवार हुने बित्तिकै सदस्यता पाइन्छ ?

उम्मेदवारका रूपमा स्वीकार्नु भनेको ईयू सदस्यताका लागि पहिलो आधिकारिक कदम हो र त्यस मामिलामा युक्रेनबारे पूर्ण सहमति भएको फ्रान्सले यसै साता बताएको थियो।

तर उक्त सङ्गठनमा सामेल हुन युक्रेनलाई धेरै वर्ष लाग्न सक्छ र त्यसको सफलताको कुनै ग्यारेन्टी पनि छैन।

पश्चिमी बाल्कन देशहरू अल्बानिया, उत्तरी म्यासेडोनिया, मोन्टेनिग्रो र सर्बिया वर्षौंदेखि ईयू सदस्यताका रूपमा उम्मेदवार रहेका छन्।

केही त एक दशकभन्दा बढीदेखि उम्मेदवार छन्।

 

बोस्निया एन्ड हर्जगोभिनाले सन् २०१६ मा उम्मेदवारीका लागि आवेदन दिएको थियो। तर अझै सफल हुन सकेको छैन।

अन्य इच्छुकसँग भेटवार्ता

मुख्य शिखर सम्मेलनअघि ईयू नेताहरूले बिहीवार बिहान आफ्ना पश्चिमी बाल्कन समकक्षीहरूलाई पनि भेट्दैछन्।

उनीहरूले अहिलेको घनिष्ठ सम्बन्धलाई कायम राख्ने कोसिस गर्नेछन्। तर छलफलहरू कठिन हुने अपेक्षा गरिएको छ।

केही सदस्य राष्ट्रहरूले बोस्नियालाई उम्मेदवारको दर्जा दिन दबाव दिइरहेका भए पनि त्यो हुने अपेक्षा गरिएको छैन।

ईयूको माग

ईयूको माग

जर्जियाको राजधानीमा निस्किएको र्‍याली

यद्यपि उत्तरी म्यासोडोनिया र अल्बानियाका विषयमा प्रगति हुनसक्ने आशा गरिएको छ।

ईयूका लागि युक्रेनी राजदूतले बीबीसीसँग भन्नुभएको छ, “हामी लाम लाग्नुपर्ने विचारलाई स्वीकार्दैनौँ।”

किएभको व्यग्रताले अरू देशहरूका लागि पनि उदाहरण प्रस्तुत गर्न सक्छ।

ूहरेक देशको आफ्नो मार्गचित्र छ, बाटो छ। यदि राजनीतिक इच्छाशक्ति अनि साहसी र द्रुत रूपमा सुधार कार्यान्वयन गर्न अगाडि बढ्नका लागि समाज ृरे व्यापार गर्नेहरूको समर्थन छ भने हामीले किन पर्खने? उहाँले भन्नुभयो ।

मोल्डोभाको आवेदन पनि सशर्त स्वीकृतिका लागि सिफारिस गरिएको छ। तर जर्जियाको आवेदनलाई अस्वीकार गर्न लागिएको छ।

यद्यपि युरोपेली आयोगले उक्त देश कालान्तरमा ईयूमा हुन सक्ने जनाएको छ।

जर्जियाको राजधानीमा सोमवार राति भएको र्‍यालीमा आफ्नो देशलाई ईयूको उम्मेदवारको हैसियत दिन आग्रह गर्दै एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए।

युक्रेनका समर्थक

धेरै ईयू सदस्य राष्ट्रहरू युक्रेनको उम्मेदवारीलाई समर्थन गर्न सहमत भएका छन्।

युक्रेनसँग उक्त सङ्गठनमा सामेल हुनेबारे वार्ताअघि उसले न्यायिक र भ्रष्टाचार विरोधी सुधारहरू सुरु गर्नुपर्ने सर्तहरू अघि सारिएका छन्।

ईयूका लागि युक्रेनी राजदूतले देश युद्धमा रहेका बेला आफ्नो सम्पूर्ण क्षेत्रमा नियन्त्रणमा नभए पनि केही सुधारहरू हुन सक्नेमा जोड दिनुभएको छ।

सन् २०१४ मा ईयूसँग उक्त सङ्गठनमा सामेल हुनेबारे गरिएको एउटा समझदारीलाई स्मरण गर्दै उहाँले त्यसपछि गरिएका सुधारहरूलाई फेरि सुरुदेखि नगर्ने बताउनुभएको छ।

तर उहाँले अवस्था स्थिर भएपछि ठूला सुधारहरू गर्नु तार्किक हुनेमा जोड दिनुभयो।

केही ईयू कूटनीतिज्ञहरूले पहिले नै उम्मेदवारको हैसियत दिँदा युक्रेनलाई झूटो आशा देखाइएको जस्तो हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।

गत महिना मात्र फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले युक्रेनको ईयू सदस्यताको सम्भावना दशकौँ टाढा रहेको र नेटो महासचिवले युक्रेनमा द्वन्द्व वर्षौँसम्म चल्नसक्ने चेतावनी दिनुभएको थियो।

तर ईयूका लागि युक्रेनी राजदूतले सदस्यहरूले युक्रेनलाई त्यहाँ पुग्न मद्दत गर्ने आशा व्यक्त गर्नुभयो।

 

Share Now

Leave a comment.