Prakash Adhikari June 24, 2022

 

काठमाडौं, १० आषाढ । अन्दोलनरत लगानीकर्ताहरुको माग सम्बोधन गर्न नेपाल धितोपत्र बोर्डले समिति गठन गरेपछि साताको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ ।

शुक्रबार पूँजी बजार सुधार तथा संघर्ष समिति र नेपाल धितोपत्र बोर्डबीच मागहरु संबोधन गर्ने सम्झौता भएपछि नेप्सेमा सूचक करिब १४ अंकले बढेको हो ।

शुक्रबार धितोपत्र बजार परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ ।

यस दिन २ सय २३ कम्पनीको ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता शेयर किनबेचबाट १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन कारोबारमा भएका १३ वटा उपसुचक मध्ये १२ वटा उपसमुहको उपपरिसूचक बढेका छन् । शुक्रबार म्युच्युअल फण्ड को उपपरिसूचक मात्र रातो भयो ।

 

Current Points Change %Change
Banking 1,317.48 2.37 0.18
Trading 1,554.58 3.32 0.21
Hotels And Tourism 2,460.12 26.04 1.07
Development Bank 3,096.50 57.04 1.88
HydroPower 2,038.71 24.05 1.19
Finance 1,330.40 24.92 1.91
Non Life Insurance 7,562.86 128.93 1.73
Manu.& Pro. 4,569.79 29.62 0.65
Others 1,358.14 12.08 0.9
Microfinance 4,013.54 31.77 0.8
Life Insurance 8,968.50 131.46 1.49
Mutual Fund 13.72 0.09 0.67
Investment 58.57 0.26 0.45

शेयर बजार उकालो लागेको यस दिन ड.यादी हाइड्रो पावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ङादी १५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्दा सिवाईसी नेपालको शेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ । यस दिन लाईफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल, राँधी, मनकामना स्मार्ट लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, न्यादी पावर लिमिटेड, इन्फिनिटी लघुवित्त, र बरण हाइड्रो पावरको शेयर मूल्य अघिल्लो दिनको भन्दा अधिकले बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-06-24 12:59:59
NYADI 272.90 10.00
CYCL 655.00 8.21
LICN 1,229.90 7.89
RADHI 517.00 7.71
MKLB 875.00 5.93
SGI 363.00 5.83
NICL 447.90 5.64
NGPL 526.00 5.41
ILBS 936.30 5.32
BARUN 409.00 5.17
View All

शेयर बजार बढेको शुक्रबार पनि आँधिखोला लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, मेघा म्युचुअल फण्ड १, घलेम्दी हाइड्रो, सनराईज ब्लु चिप फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, एनआईसी ब्यालेन्स फण्ड, युनाइटेड, इदीमर्दी रैराड. हाइड्रो पावर, नबिल ब्यालेन्स फण्ड २, स्वाभिमान माइक्रो फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा अघिक घटेका छन् ।

Top Losers

Symbol LTP % Change
As of 2022-06-24 12:59:59
AKBSL 885.00 -7.88
MMF1 7.40 -6.92
MSLB 960.00 -6.80
GHL 181.00 -5.04
SBCF 7.48 -3.61
JSLBB 1,625.00 -2.99
NICBF 10.00 -2.82
UMRH 611.00 -2.55
NBF2 8.82 -2.54
SMFBS 1,425.00 -2.40
View All

कारोबार रकमको आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । यस दिन अधिक रकमको शेयर कारोबार हुने कम्पनीहरुमा ड.ादी ग्रुप पावर लि, लक्ष्मी बैंक, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष, अरुणभ्याली हाइड्रो पावर, एलआईसीएन, सिद्धार्थ बैंक, नबिल बैंक र नेशनल हाइड्रो पावर कम्पनी रहेका छन् ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-06-24 12:59:59
KBL 86,312,347.50 198.00
NGPL 63,159,209.40 526.00
LBL 47,693,184.90 200.00
HDL 34,859,214.30 2,898.00
CIT 30,778,989.10 2,207.00
AHPC 29,220,512.50 330.10
LICN 26,656,467.50 1,229.90
SBL 25,399,389.80 307.00
NABIL 23,897,108.60 740.00
NHPC 23,865,811.40 201.00
View All
Share Now

Leave a comment.