Prakash Adhikari June 29, 2022

काठमाडौं, १५ आषाढ । नेपालको शेयर बजारमा बुधबार हरियाली छाएको छ । यस दिन धितोपत्र बजार परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ।

बुधबार २ सय २८ कम्पनीका ४३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर वर्गीकरणमा परेका १३ वटै उपसमूहको उपपरिसूचक बढेका छन् ।

बुधबार आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर यस दिन १० प्रतिशत बढेको हो। हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति पाएको बरुण हाइड्रोपावरको शेयरमूल्य यस दिन ९.४५ प्रतिशत बढेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन भेन्चर्स, नेपाल पुनर्बीमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन साल्ट ट्रेडिड., सिंगटी हाइड्रो र हिमाल दोलखा हाइड्रोको शेयर मूल्य पनि बढेको छ ।

यस दिन १२ स्टकको मात्र मूल्य घटेको छ। यस दिन मूल्य घट्ने कम्पनीहहरुमा मैलुड.खोला जलविद्युत, एनआईबी डिबेञ्चर ८४, नबिल ब्यालेन्स फण्ड ३, स्वाभिमान माइक्रोफाइनान्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल,केईएफ, आशा लघुवित्त, प्राइम कमर्शियल बैंक र युनिलिभर रहेका छन् ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावरको शीर्ष स्थानमा रहेको छ। सो स्टकको यस दिन ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै पुनर्बीमा कम्पनीको ४ करोड ७० लाख रुपैयाको, अरुणभ्याली हाइड्रोपावरको ४ करोड ६३ लाख रुपैयाको, हिमालयन डिष्टिलरीको ४ करोड ५५ लाख रुपैयाको, शिभम् सिमेण्ट्सको ४ करोड ११ लाख रुपैयाको, बरुण हाइड्रोको ४ करोड ३ लाख रुपैयाको, अरुण काबेली पावर लिमिटेडको ३ करोड ९७ लाख रुपैयाको, नागरिक लगानी कोषको ३ करोड ३८ लाख रुपैयाको, लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ३ करोड १४ लाख रुपैयाको कारोबार भएको छ ।

 

Share Now

Leave a comment.