काठमाडौ, ३ कार्तिक (बीबीसी) । समयमा उपचार गरेमा क्यान्सर निको हुन सक्छ । तर विलम्ब भएमा क्यान्सर घातक मानिन्छ ।
महिलाहरुमा अधिकतर स्तन र पाठेघरको क्यान्सर देखा पर्ने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाइँदैछ।
क्यान्सर एकाएक हुने रोग पनि होइन तर स्वास्थ्य सेवाको सहज सुविधा नभएको , सामान्य आधारभूत स्वास्थ्य सेवा समेत सर्वसुलभ नभएको , समय, खर्च र स्वास्थ्य केन्द्र तथा स्वास्थ्य कर्मी रहने स्थानको दूरीका कारण स्वास्थ्य सेवामा पहुँच नपुगेको कारण अधिकांश नेपालीहरु विमारीका सामान्य लक्षण देखिने वित्तिकै डाक्टरको सेवा लिन सक्दैनन् ।
शारीरिक कष्ट खप्न नसक्ने अवस्थामा डाक्टरकहाँ पुगेपछि विरामी निको हुन समय लाग्छ , औषधी खर्च धेरै लाग्छ, रोगले विरामीलाई गालिसक्छ । रोगको उपचार भए पनि व्यक्तिको उत्पादकत्व घट्न जान्छ ।
स्तन क्यान्सर भएका महिलाहरुको लामो समयको अनुसन्धानबाट कस्ता लक्षणहरु देखिएर स्तन क्यान्सर विकसित हुने अवस्था आइपुग्छ भन्ने चिकित्सकहरुले पत्ता लगाएका छन् ।
विश्व स्वास्थ्य संघले यी लक्षणहरु देखा पर्ने वित्तिकै महिलाहरुलाई डाक्टरलाई देखाउने सल्लाह दिएको छ,जस्ले स्तन क्यान्सरलाई जटिल अवस्थामा पुग्नु अगावै उपचार गरेर विरामीलाई जीवनदान दिन सक्छ ।
स्तन चिलाउने वा दुख्ने
स्तनको छाला बाक्लो हुने
स्तनको छाला गढेको जस्तो देखिने
्स्तनको मुन्टा गढ्ने
स्तनको मुन्टा वरपर खाटा वस्ने
स्तनबाट तरल पदार्थ आइरहने
स्तनका नसाहरु बढेको जस्तो देखिने
स्तन फुलेको वा बढेको जस्तोे देखिने
स्तनमा घाउ वा अल्सर हुने
स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुने
स्तनको आकार र स्वरुपमा परिवर्तन हुने
स्तन छाम्दा कडा गिर्खा भेटिने