Prakash Adhikari July 4, 2022

 

काठमाडौं, २० आषाढ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको छ।

असार २१ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ।

पौडेलका अनुसार पदाधिकारी बैठकमा तीन विषयमाथि छलफल हुनेछ।

बैठकमा समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे छलफल हुने बताइएको छ।

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ।

कांग्रेसमा पदाधिकारी संख्या १४ छ। कोषाध्यक्ष मनोनीत गर्नै बाँकी छ।

 

Share Now

Leave a comment.