Prakash Adhikari July 4, 2022

 

ओटवा(क्यानडा), १९ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टिमको क्यानडा भ्रमण अन्तर्गत खेलिएको दोश्रो अभ्यास खेलमा नेपालले एमएलसीसी ११ ओन्टारियोलाई पराजित गरेको छ।

नेपालले दिएको २ सय १० रनको लक्ष पछ्याएको एमएलसीसीले १९.३ ओभरमा १ सय ५४ रन मात्र बनायो। एमएलसीसीको लागि बरुण सहदेवले ५० तथा नरेश बुढायरले ४१ रन योगदान दिए।

नेपालको बलिंगमा सोमपाल कामिले २ तथा करन केसी, किशोर महतो, आदील आलमले समान १।१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा २ सय ९ रन बनाएको थियो।

खेलमा नेपालका उपकप्तान गरेका रोहित पौडेलले सर्वाधिक अविजित ७१ रन बनाए । दिपेन्द्र ऐरीले पनि ५४ रन बनाए। ओपनर पवन सर्राफले ३७, देव खनालले २० तथा आदिल आलमले अविजित १० रन बनाए।

भ्रमण अन्तर्गत यस अघि खेलिएको एकदिवसीय खेलमा नेपालले एमएलसीसी ११ लाई ६९ रनले पराजित गरेको थियो।

क्यानडा भ्रमण अन्तर्गत नेपालले अब क्यानडाटको राष्ट्रिय टिमसंग दुई वटा एकदिवसीय खेल्नेछ। पहिलो एकदिवसीय जुलाई ५ तथा दोश्रो एकदिवसीय जुलाई ६ तारिखमा खेलिनेछ।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट आईसीसी विश्वकप लिग–२ त्रिदेशीय सिरिज खेल्न स्कटल्याण्ड जानेछ ।

स्कटल्याण्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा उपकप्तान रोहित पौडेल , कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।

Share Now

Leave a comment.