Prakash Adhikari July 18, 2022

 

काठमाडौं, २ श्रावण । नयाँ आर्थिक बर्षपछि नेपालको शेयर बजारले उकालो यात्रातिर कदम बढाएको छ ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार सोमबार पनि बजार परिसूचक नेप्से १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेको हो।

आज २ सय ११ कम्पनीको ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयरको खरिद बिक्रीबाट १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रुपैयाको कारोबार भएको छ।

११ बजे खुलेको बजार त्यसपछिको १ घण्टाजसो ओरालो लागे पनि सम्हालिँदै ३ बजेसम्म कारोबार भएको थियो। सूचक केही उतारचढाव हुँदै २०२९ विन्दुमा पुगेको हो।

कुल १३ मध्ये सामूहिक लगानी कोष र व्यापार समूहको सूचक रातो भए पनि बाँकी समूहको हरियो रहेको छ। आज १४३ कम्पनीको सेयर बढ्दा २७ वटाको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको छ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भई वर्गीकृत भएका १३ समूह मध्ये ट्रेडिड. र म्युचुअल फण्ड बाहेकका समूहहरुको उपपरिसूचक बढेका छन् ।

 

Sub-Indices Current Points Change %Change
Banking 1,373.79 2.01 0.15
Trading 2,036.24 0.02 0
Hotels And Tourism 2,747.63 129.08 4.93
Development Bank 3,533.16 32.03 0.91
HydroPower 2,344.11 26.83 1.16
Finance 1,598.21 22.52 1.43
Non Life Insurance 8,087.84 108.49 1.36
Manu.& Pro. 5,172.29 37.72 0.73
Others 1,487.92 30.31 2.08
Microfinance 4,464.89 30.29 0.68
Life Insurance 9,820.45 117.06 1.21
Mutual Fund 14.93 0.04 0.27
Investment 66.20 1.09 1.68

आज वरुण हाइड्रो,इमर्जिङ नेपाल, चन्द्रागिरि हिल्स,अपि पावर, तारागाउँ रिजेन्सी होटल,ओरियण्टल होटल, ंिसगटी हाइड्रो,सोल्टी होटल, नेपाल हाइड्रो र एक्सेल विकास बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनमा अधिक बढेका छन् ।

Top Gainers

Symbol LTP % Change
As of 2022-07-18 14:59:59
BARUN 298.60 9.98
ENL 774.00 9.62
CGH 1,083.90 6.06
API 254.00 5.18
TRH 337.00 4.98
OHL 497.00 4.85
SHEL 260.50 4.70
SHL 210.20 4.63
NHDL 366.00 4.51
EDBL 340.50 4.13
View All

आजको बढेको बजारमा पनि सानिमा लार्ज क्याप फण्ड, कुमारी इक्विटी फण्ड, सनराईज ब्लु चिप, सिटिजन्स म्युचुअल,स्वाबलम्बन लघु विकास बैंक, ग्लोबल आइएमई डिबेञ्चर ८६।८७, एनआईसी डिबेञ्चर ८३।८४,कालिका लघुवित्त, गणपति र एसबीआई डिबेञ्चर ८६ को शेयर मूल्य अघिल्लो कारोबार दिनको भन्दा घटेको छ ।

 

Top Losers

Symbol LTP % Change
As of 2022-07-18 14:59:59
SLCF 8.77 -5.90
KEF 9.49 -5.76
SBCF 8.41 -3.78
CMF2 9.55 -3.73
SWBBL 1,102.00 -2.91
GBILD86/87 782.00 -2.01
NICD83/84 957.50 -2.00
KMCDB 1,127.00 -2.00
GMFBS 916.40 -1.99
SBIBD86 934.90 -1.97
View All

कारोबारका आधारमा यस दिन शिवम् सिमेन्टको सर्वाधिक ९ करोडको कारोबार भएको छ। उच्च कारोबार हुने अन्य कम्पनीहरुमा शिवम् सिमेण्ट्स, एशियन लाईफ इन्स्योरेन्स, अपि पावर, अपर तामाकोशी,गोरखा फाइनान्स, नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, नागरिक लगानी कोष र लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपा रहेका छन् ।Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-07-18 14:59:59
SHIVM 93,481,522.20 765.00
ALICL 73,900,054.30 586.00
API 58,921,499.80 254.00
UPPER 56,204,770.00 526.00
GUFL 44,189,459.40 499.80
NTC 40,473,303.50 879.00
HDL 40,013,007.20 3,499.90
NICA 34,068,291.00 703.00
CIT 32,614,040.60 2,610.00
LICN 27,783,597.00 1,457.90
View All
Share Now

Leave a comment.