काठमाडौं, ४ श्रावण । गत साताको मंगलबारदेखि उकालो लागेको नेपालको शेयर बजार बुधबार आठौंदिन पनि लगातार उकालो यात्रामा छ ।
बुधबार धितोपत्र बजार परिसूचक ४.८९ अंक बढेर २०५०.५९ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। मंगलबार २ अर्ब २९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २ सय १५ कम्पनीको ४१ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्रीबाट १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २ सय ७० रुपैया ५ पैसा बराबरको कारोबार भएको छ।
बुधबार १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा कम्पनी र अन्य उपसमूहको परिसूचक बढेको हो।
| Symbol | Current | Chng | Chng % |
|---|---|---|---|
| Banking SubIndex | 1,379.72 | -0.62 | -0.05 |
| Development Bank Index | 3,580.09 | 5.35 | 0.15 |
| Finance Index | 1,673.77 | 31.36 | 1.91 |
| Hotels And Tourism Index | 2,768.76 | -9.75 | -0.35 |
| HydroPower Index | 2,347.44 | -12.62 | -0.53 |
| Investment Index | 67.03 | 0.48 | 0.72 |
| Life Insurance | 9,872.45 | -28.22 | -0.29 |
| Manufacturing And Processing | 5,299.90 | 63.42 | 1.21 |
| Microfinance Index | 4,556.37 | 7.99 | 0.18 |
| Mutual Fund | 14.96 | 0.02 | 0.12 |
| Non Life Insurance | 8,216.64 | 56.19 | 0.69 |
यस दिन मल्टीपपर्स फाइनान्सको शेयरमूल्य सर्वाधिक ५.६९ प्रतिशत बढेको छ। त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ४.३५ प्रतिशत बढेको छ। यस दिन शिवम् सिमेन्ट्स, नेपाल इन्स्योरेन्स, गोर्खाज फाइनान्स, जानकी फाइनान्स र आईसीएफसी फाइनान्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।
यसदिन लक्ष्मी इक्विटी फण्डको इकाई मूल्य यस दिन सर्वाधिक ६.३३ प्रतिशत घटेको छ भने इमर्जिङ्ग नेपालको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ४२ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।


















