Prakash Adhikari July 22, 2022

काठमाडौँ, ६ श्रावण । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९ । ८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो ।

नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्‍याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दबाब पुग्नेछ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिँदा तिर्नुपर्ने ब्याजदर (बैंक दर) बढाइएको छ ।

यस्तै राष्ट्र बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ ।

यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो ।

उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो ।

पूर्णपाठका लागि तल क्लिक गर्नुहोस :

मौद्रिक नीतिः २०७९।८०

Share Now

Leave a comment.