हेटौडा(मकवानपुर), ७ श्रावण । नेपाल प्रेस युनियनको हेटौडामा भएको निर्वाचनको मतगणना प्रारम्भ भएको छ ।
युनियनको आजै सम्पन्न निर्वाचनको मतगणना राति ११ बजे तिर सुरु भएको हो ।
आज दिउँसोबाट भएको मतदान सकिएपछि निर्वाचन समितिले मतगणना प्रारम्भ गरेको हो ।
आज भएको मतदानमा युनियनका कूल १६७९ केन्द्रीय प्रतिनिधि(पार्षद)हरुमध्ये १३९७ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार युनियनका कूल १ सय २० पदमा १ सय ६९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
यसमध्ये उपाध्यक्षसहित विभिन्न पदमा ३१ जना निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको समुद्घाटन एक भव्य समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार हेटौडाको रोयल पार्टी प्यालेसको सभाहलमा गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको छ ।
युनियनको नेतृत्व लिन युवा पत्रकार अनिता बिन्दु र शिव लम्साल प्यानलसहित मैदानमा उत्रिनुभएको छ ।


















