काठमाडौँ, १० श्रावण । नेपालमा कोरोना संक्रमण फेरी बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ३८ कोरोना संक्रमित भएका छन् ।
यो अवधिमा दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्यांकअनुसार ५ हजार ५५ नमुना परीक्षण गर्दा ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २ सय १५ पीसीआरमा ४ सय जना र २ हजार ८ सय ४० एन्टीजेन परीक्षणमा २ सय ३८ जनामा संक्रमण देखा परेको थियो ।
सोमबार ५ सय ६८ जना संक्रमित फेला परेका थिए ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ घण्टामा २ सय १८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
साउनयता कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा २ लाख ५७ हजार ८ सय ७८ जनाले खोप लगाएका छन् ।
काठमाडौं उपत्यकामा भने मंगलबार अघिल्लो दिनको तुलनामा केही कम संक्रमित देखिएका छन् ।
तथ्यांक अनुसार काठमाडौं १ सय ६५, भक्तपुरमा ६ र भक्तपुरमा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमबार काठमाडौंमा २ सय ४२, ललितपुरमा ३६ र भक्तपुरमा १७ संक्रमित भेटिएका थिए ।


















