Prakash Adhikari July 26, 2022

सानोथिमी(भक्तपुर), ११ श्रावण । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बुधबार दिउँसो प्रकाशित गर्ने जनाएको छ।

बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको जानकारी दिनुभएको छ।

बोर्डले यसअघि पटक(पटक नतिजा प्रकाशित गर्ने समय सार्दै आएको थियो।

‘बुधबार नतिजा प्रकाशित हुने कन्फर्म हो, ’रायमाझीले भन्नुुभयो।

२०७८ को एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्।

यसअघिका दुई वर्ष कोभिड १९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गरिएको थियो।

बोर्डका अध्यक्ष महाश्रम शर्माले अहिले परीक्षाफलको अन्तिम रुजु गर्ने काम भइरहेकाले आज नै नतिजा आउने बताउनुभएको छ ।

“अब एक दिनजति धैर्य गर्नुपर्ला”, मङ्गलवार बिहान उहाँले भन्नुभएको थियो।

यसपालि पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

यसपटक परीक्षा दिने छात्रा र छात्रको सङ्ख्या लगभग बराबर रहेको छ।

यो वर्षको एसईईमा कति विद्यार्थी
५.१४ लाखः कुल परीक्षार्थी

२,०००ः परीक्षा केन्द्र

२,५७,९२४ः छात्रा

२,५७,०५३ः छात्र

अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो।

यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

देशभरिका करिब २,००० परीक्षा केन्द्रहरूबाट वैशाख ९ देखि २० गतेसम्म परीक्षा लिइएको थियो।

कसरी हेर्ने परीक्षाफल ?
एसईईको परीक्षाफल विभिन्न वेबसाइट एवं एसएमएस तथा फोनबाट सोध्न मिल्ने आईभीआर सेवाहरूबाट प्राप्त गर्न सकिने जनाइएको छ।

फोटो विवरण उपलब्ध छैन।

एसएमएस सेवाअन्तर्गत विद्यार्थीले आफ्नो सिम्बल नम्बर निम्न शर्टकोड नम्बरमा पठाएर नतिजा हेर्न सक्छन्।

  • नेपाल टेलिकम (SMS/ IVR) प्रयोग हुने शर्टकोड – १६००
  • जानकी टेक्नोलोजी (SMS) प्रयोग हुने सर्टकोड – ३५००१
  • इजी सर्भिस (SMS) प्रयोग हुने सर्टकोड – ३४९४९
  • आकाश टेक (SMS) प्रयोग हुने सर्टकोड – ३१००३

१२ कक्षाको परीक्षाफल कहिले ?

एसईईको नतिजा प्रकाशन भएलगत्तै बोर्डले १२ कक्षाको परीक्षाफल पनि प्रकाशन गर्ने तयारी गरिरहेको जनाइएको छ।

“कक्षा १२ को उत्तरपुस्तिका परीक्षण र संपरीक्षण हुने कुरा समानान्तर रूपमा भइरहेको छ”, बोर्डका अध्यक्ष महाश्रम शर्माले भन्नुभयो।

एसईईको नतिजापश्चात् करिब एकडेढ महिनामा १२ कक्षाको परीक्षाफल आउन सक्ने उहाँले बताउनुभयो।

Share Now

Leave a comment.