Prakash Adhikari July 27, 2022

 

भुवनेश्वर(उडिसा, भारत), ११ श्रावण । नेपालले साफ यू–२० च्याम्पिनयसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गर्यो।

च्याम्पियनसिपमा श्रीलंका भने लगातार दोस्रो खेलमा पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले सबै गोल दोस्रो हाफमा गरेको हो।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू तथा  'FIFA STM' भन्ने पाठ को तस्बिर हुनसक्छ

खेलको ५८ औँ मिनेटमा कप्तान कप्तान आयुष घलानले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए।

 

सिनियर टोलीको समेत अनुभव बटुलिसकेका आयुषले अविशेक वाइवाको क्रसलाई गोलरक्षकले पन्च गर्दै बचाएपनि रिबाउण्डमा आएको बललाई पोष्टको दिशा दिएका थिए। मिडफिल्डर कृतिश रत्न छुन्जुले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे।

कृतिशले आयुष घलानको पासमा गोल गर्न सफल भएका थिए।

खेलको ८४ औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान गएका मनग्य नकर्मीले सुगम सुवादको पासमा गोल गर्दै नेपालको अग्रता फराकिलो पारे।

नकर्मी दोस्रो हाफमा सन्दीप कार्कीको स्थानमा मैदान छिरेका थिए।

फोटो विवरण उपलब्ध छैन।
मनग्यले पहिलो खेलमा पनि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए।

त्यसअघि पहिलो हाफमा आक्रमक खेल प्रस्तुत गरेपनि नेपालले पाएको केही अवसरलाई सदुपयोग गर्न सकेन।

खेलको २९ औँ मिनेटमा गोल गरेपनि रेफ्रिले त्यसलाई मान्यता दिएनन्। नेपालले आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ४–० को फराकिलो गोल अन्तरले जितेको थियो।

श्रीलंका भने पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो।
नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार भारतसँग खेल्नेछ। आजै भएको पहिलो खेलमा साविक विजेता भारतलाई पराजित गर्दै बंगलादेशले अपराजित यात्रालाई कायम राखेको छ।

सायद ५ जना मानिसहरू, फुटबल खेलिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा  '10 DISHA 10 BLUE' भन्ने पाठ को तस्बिर हुनसक्छ
सोही रंगशालामा भएको खेलमा बगंलादेशले घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। बंलादेशले लगातार दोस्रो जित दर्ता गरेको दिन भारतले भने पहिलो खेलमै हार व्यहोरेको हो।

५ देश सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने २ टोलीले फाइनल खेल्नेछन्।

जितसँगै नेपालले अंक तालिकामा ६ अंक पुर्याएको छ। नेपालको फाइनल खेल्ने सम्भावना बलियो बनेको छ ।

Share Now

Leave a comment.