Prakash Adhikari July 30, 2022

बिजुवार(प्युठान), १४ श्रावण । प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ ।

शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटनामा हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मायादेवी गाउँपालिका ३ कि ३२ वर्षीय गुडिया ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक सकुशल छन् ।

घाइतेहरुलाई थप उपचारका लागि बुटवल ल्याउने तयारी भइरहेको छ ।

Share Now

Leave a comment.