Prakash Adhikari August 2, 2022

काठमाडौं, १७ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावकारी ढंगले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ।

सिंहदरबारमा मंगलबार मन्त्री र सचिवहरूसँगको संयुक्त छलफलका क्रममा प्रधानमन्त्री देउवाले सरकारका कामहरूलाई प्रभावकारी बनाउँदै जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले मुलुकको हितलाई सर्वोपरि हितमा राखि जनताको आकांक्षालाई पुरा गर्नका लागि काम गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले मुलुक चुनावको चरणमा प्रवेश गरकोले त्यहीअनुसारको तयारीका साथ अघि बढ्नसमेत निर्देशन दिनुभएको प्रवक्ता कार्कीले बताउनुभयो।

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरुलाई बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि निर्देशन दिनुभएको थियो।

Share Now

Leave a comment.