Prakash Adhikari August 10, 2022

 

सानेपा(ललितपुर), २५ श्रावण नेपाली कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा यही साउन ३० र ३१ गते ललितपुरमा सो कार्यक्रम हुनेभएको हो।

कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा प्रमुख आतिथि हुनुहुने सो कार्यक्रममा स्थानीय तह निर्वाचनमा निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, महानगर, उपमहानगर पालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो।

नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीस्वरूप पार्टीले भदौ २ देखि २४ गतेसम्म देशव्यापी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

Share Now

Leave a comment.