काठमाडौं, १२ भाद्र। आज देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।
आइतबार बिहान देशै भरी सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एकरदुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
भदौ १२,
आज कन्काई, कोशी, बाग्मती, तिनाउ र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने। आज नक्सामा उल्लेखित जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने पूर्वनुमान रहेकाले सतर्कता अपनाऔँ। । pic.twitter.com/XUdhKcaJWU— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 28, 2022
भदौ १२ बिहान ८ बजे
पछिल्लो ३ घण्टा सोलुखुम्बुको पेकर्नास र आसपास भारी बर्षा मापन भएको, सोलुखोला साल्मेमा जलसतह सतर्कता पार गरेको र बढ्दो रहेको, सोलुखोलाको दुधकोसी दोभान सम्मको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ@NDRRMA_Nepal pic.twitter.com/h9GrINTvms— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 28, 2022


















